काठमाडौं,२६ माघ । कक्षा ५ मा पढ्ने विद्यार्थीहरु एक आपसमा झगडा हुँदा एक जनाको ज्यान नै गएको छ । पोखरा महानगरपालिका वडा नं। १३ स्थित भद्रकाली माध्यमिक विद्यालयमा पढ्ने होमबहादुर बिक र आशिष गुरुङबीच शौचालयमा झगडा भएको थियो ।
पिटाइबाट घाईते भएका होमको शुक्रबार मनिपाल शिक्षण अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । सोहि दिनदेखि बहोस उनी आइसियूमा उपचाररत थिए । माघ २० गते नियमित कक्षा सकिएपछि ४ बजेपछि दुई जना सहपाठी पिशाव गर्न शौचालय गएको उनका साथीहरुले बताएका छन् । होमले पिशाव गरिरहँदा आशिषले गालाको ¥याल निकाल्दिन्छु भन्दै गालामा हाने ।
होमबहादुरको गालामा पूरानो घाउ थियो । जसलाई विद्यालयले पुरानो ट्युमर भनेको छ । आशिष पनि चकचक गरिरहने केटा रहेको उनकै बुबा नन्दसिंह गुरुङले पनि बताएका छन् । आशिषले पिटेपछि उसले पनि आशिषलाई पछारेको साथीहरुको भनाई छ । होमको गाला त्यसपछि सुनिँदै गयो । त्यसपछि होम कक्षाकोठातिर गए ।
शिक्षिकाले होमको आमालाई फोन गरेर सानोतिनो चोट लागेको छ आउनुस् भनेर बोलाएको आमा खिमकुमारी बिकले बताएकी छिन् । त्यसपछि तत्काल होमलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा सिटी स्क्यान गर्नपर्छ भनेर मनिपाल रिफर गरिएको थियो । मनिपाल ईमर्जेन्सीमा भर्ना गरेर उनको शल्यक्रिया गरियो ।
अप्रेशन गरेका डा। कृष्ण कोइरालाले पहिल्यैदेखि स्वास्थ्य समस्या रहेकाले सोचेजति स्वास्थ्यमा प्रगति नभएको र ब्रेन डेथ भइसकेको बताए । होमका आफन्तले सामान्य घाउको निहुँ बनाउन नहुने भन्दै स्कुलले नै जिम्मेवारी लिनुपर्ने बताएका छन् ।
तर, विद्यालयले भने ट्वाइलेमा भएको झगडामा केहि गर्न नसकिने बताएको छ । आमा खिमकुमारीले रुँदै भनिन् ‘ट्युशन पढ्दिन ममी भन्थ्यो, मैले नै पढाएँ । खाना खुवाएर स्कुल पठाएको छोरो यस्तो भयो ।’
प्रतिक्रिया दिनुहोस्