चितवन,२६ माघ । चितवन रत्ननगर बुद्धचोक तरवार प्रहार एक युवक पक्राउ परेका छन ।
पूर्वी चितनवको रत्ननगर नगरपालिका वडा नं. ९ को मोहना बुद्धचोकमा तरबार प्रहार गरेको आरोपमा सञ्जित बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।
१९ वर्षीय बस्नेतले किरण घिमिरेलाई मोटर साइकलमा आइरहेको बेला माघ १० गते बुद्धचोकमा तरबार प्रहार गरेको इलाका प्रहरी कार्यालय रत्ननगर टाँडी चितवनका प्रमुख दयानिधि ज्ञवालीले जानकारी दिए ।
डिएसपी ज्ञवालीले स्थानिय किरण घिमिरेलाई तरबार प्रहार गरेको अभियोगमा सञ्जिव बस्नेतलाई पक्राउ गरिएको बताए । पुरानो झैझगडा र रिसिइबीमा तरबार प्रहार भएको भन्दै यस विषयमा अनुसन्धान भइरहेको डिएसपी ज्ञवालीले जानकारी दिए ।
पक्राउ परेका बस्नेतले टोले गुण्डाको रुपमा स्थानीयहरुमाथि समेत डरधम्की र तर्साउने कार्य समेत गर्दै आएको आरोप लागेको छ ।
प्रतिक्रिया दिनुहोस्