पोखरा,२७ माघ । पोखरामा विरामी कुर्न बसेका श्रीमानले आफ्नै श्रीमतीलाई घाटी थिचेर मारेको आरोप लागेको छ । घरायसी झगडाका कारण गत पुस १२ गते पोखरा १४ चाउथेकी शुशीला कार्की पोखराको गण्डकी मेडिकल कलेजमा भर्ना भईन् ।
उनलाई उनकै श्रीमान् रामबहादुर कार्कीले अस्पताल ल्याएको बताइएको छ । एक छिमेकीका अनुसार पुस ११ गते राती रुदै शुसीला उनको घरमा गईन् । श्रीमानले बारम्बार कुट्ने गरेको, थर्काउने गरेको र आफू मरेमा आफ्ना सन्तानलाई हेरीदिन उनले आग्रह गरेकी बताएको छ ।
अस्पतालले प्यालराईसिस भनेर केही समय भर्ना गरेर राख्यो । करिब २० दिन पछि शुशीला हल्का हिड्न सक्ने भईन उनलाई थेरापीको लागी स्पर्श आयुवेद अस्पतालमा लगिएको बताइएको छ । शुसीलाकी आमा बाटुली पहारीका अनुसार आफूले छोरीलाई खाना खुलाएर घर पुग्दा ज्वाईले छोरी मरेको खबर दिएको बताईन् ।
गत बिहीबार त्यस्तो अवस्थामा छोडेर आएकी छोरी कसरी एक्कासी मरिन् भन्ने प्रशंगमा उनले श्रीमान् राम बहादुरले अर्की बिहे गर्न घाँटी थिचेर मारेको समेत आरोप लगाइकी छन ।
शुसीलाको पार्थिव शरिर पोष्टमार्टमको लागी पश्चिमाञ्तल स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा राखिएको छ र गाउँलेहरुले रिपोर्ट नआई लास नलाने अडान लिएका छन् । गाउँका महिला दिदीबहिनीहरुले अस्पताल नै घेरेका छन् भने रामबहादुरको धेरै महिलाहरुसंग सम्बन्ध रहेकाले अर्को बिहेको लागी आफ्नी श्रीमती मारेको आरोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्