ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यार्थी देखी शिक्षिकाहरुलाई समेत आत्मरक्षा तालिम


admin
२७ माघ २०७५, आइतबार   ६ : ४०   बजे

,

काठमाडौ,२७ माघ । भक्तपुर नगरपालिकाको ८ ओटा विद्यालयका विद्यार्थी एवं शिक्षिकाहरुलाई आत्मरक्षा गर्ने कला सम्बन्धी जनचेतनामुलक टेक्निकल तालिम दिइएको छ ।

नेपाल सेल्फ डिफेन्स एसोसियसनको टिमबाट पाँचदिन सम्म बलात्कार र महिला हिंसाबाट बच्न बालिका, किशोरी र बृद्धाले कसरी आत्मरक्षा गर्ने, भन्ने विषयमा तालिम दिइएको हो । देशभर सञ्चालन गरिरहेको यो तालिम महिलाको लागि प्रभावकारी हुदै आएको प्रशिक्षक पद्म खयर गोलीले बताएकी छिन ।

शनिबार प्रमुख अतिथि भक्तपुर नगरपालिकाका युवा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीको उपस्थितिमा सहभागीहरुलाई प्रमाणपत्र वितरण समेत गरि तालिम सम्पन्न गरेको हो ।

संयोजक श्यामकृष्ण खत्रीले मुलुकमा दिनप्रतिदिन बढ्दै गएको बलात्कार र महिला हिंसाबाट बच्न बालिका, किशोरी र बृद्धाले कसरी आत्मरक्षा गर्ने, यसबारे ज्ञान र सीप सिक्नु समयको माग एवम् आवश्यकता बनेको भन्दै नेपाल सेल्फ डिफेन्स एसोसियसनको टिमलाई धन्यवाद दिदै सोही अनुरुप भक्तपुर नगरपालिकाको १० वटै वडाका विद्यार्थीहरुलाई आत्मरक्षा तालिम दिइरहेको बताएका छन् ।

वडा नं. ७ का वडा अध्यक्ष उकेश कवांले समाजमा हरेक मानिसलाई शंकाको दृष्टिकोणले हेर्नु पर्छ, उसको आनीबानी चालचलनलाई नजर गरी सम्बन्ध गाँस्नुपर्छ, किशोरी महिलामा आत्मविश्वासको कमिको कारण दिन प्रतिदिन महिला हिंसा बढ्दै गएकोले आत्मरक्षा कलाले समाजमा सचेतना फैलिने कुरामा विश्वास व्यक्त गदै यो तालिम धेरै प्रभावकारी हुने बताए ।

आत्मरक्षा प्रशिक्षक तथा नेपाल सेल्फ डिफेन्स एसोसियसन भक्तपुरका उपाध्यक्ष पद्मा खयरगोलीले विद्यार्थी तथा महिला आफै समयमै सचेत, सबल, सक्षम र आत्मबलको लागि यो प्रशिक्षण दिइएको बताइन् । यसको उद्देश्य जनचेतना जगाउने, आफुलाई अपराधीबाट बचाउने तथा परिआए प्रतिकार गर्न सक्ने बनाउनु हो भन्दै , आत्मरक्षा कलालाई परिस्थिती अनुसार मात्र प्रयोग गर्नु पर्ने बताएकी छन ।

आत्मरक्षा सम्बन्धी जनचेतनामुलक तथा टेक्निकल तालिममा भक्तपुर नपा वडा नं. ७ मा रहेको ८ वटा विद्यालय वाइज ल्याण्ड सेकेण्डरी स्कुल, प्रोवेश स्कुल, नविन स्कुल, बाल सेवक, विद्या विकास, चण्डेश्वरी प्रा.वि. इमेज स्कुल र सूर्यदय मा.वि का १०० जना भन्दा बढि विद्यार्थी एवं शिक्षिकाहरु ले भाग लिएका थिए ।

सो कार्यक्रममा सबै विद्यालयको सहभागीबाट आत्मरक्षा कला प्रदर्शन तथा समाज भइरहेको विभिन्न समस्याहरुलाई नाटकीय रुपमा रुपान्तरण गरिएको प्रस्तुतीकरण देखाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group