
,
काठमाडौ,२७ माघ । भक्तपुर नगरपालिकाको ८ ओटा विद्यालयका विद्यार्थी एवं शिक्षिकाहरुलाई आत्मरक्षा गर्ने कला सम्बन्धी जनचेतनामुलक टेक्निकल तालिम दिइएको छ ।

नेपाल सेल्फ डिफेन्स एसोसियसनको टिमबाट पाँचदिन सम्म बलात्कार र महिला हिंसाबाट बच्न बालिका, किशोरी र बृद्धाले कसरी आत्मरक्षा गर्ने, भन्ने विषयमा तालिम दिइएको हो । देशभर सञ्चालन गरिरहेको यो तालिम महिलाको लागि प्रभावकारी हुदै आएको प्रशिक्षक पद्म खयर गोलीले बताएकी छिन ।

शनिबार प्रमुख अतिथि भक्तपुर नगरपालिकाका युवा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीको उपस्थितिमा सहभागीहरुलाई प्रमाणपत्र वितरण समेत गरि तालिम सम्पन्न गरेको हो ।

संयोजक श्यामकृष्ण खत्रीले मुलुकमा दिनप्रतिदिन बढ्दै गएको बलात्कार र महिला हिंसाबाट बच्न बालिका, किशोरी र बृद्धाले कसरी आत्मरक्षा गर्ने, यसबारे ज्ञान र सीप सिक्नु समयको माग एवम् आवश्यकता बनेको भन्दै नेपाल सेल्फ डिफेन्स एसोसियसनको टिमलाई धन्यवाद दिदै सोही अनुरुप भक्तपुर नगरपालिकाको १० वटै वडाका विद्यार्थीहरुलाई आत्मरक्षा तालिम दिइरहेको बताएका छन् ।

वडा नं. ७ का वडा अध्यक्ष उकेश कवांले समाजमा हरेक मानिसलाई शंकाको दृष्टिकोणले हेर्नु पर्छ, उसको आनीबानी चालचलनलाई नजर गरी सम्बन्ध गाँस्नुपर्छ, किशोरी महिलामा आत्मविश्वासको कमिको कारण दिन प्रतिदिन महिला हिंसा बढ्दै गएकोले आत्मरक्षा कलाले समाजमा सचेतना फैलिने कुरामा विश्वास व्यक्त गदै यो तालिम धेरै प्रभावकारी हुने बताए ।
आत्मरक्षा प्रशिक्षक तथा नेपाल सेल्फ डिफेन्स एसोसियसन भक्तपुरका उपाध्यक्ष पद्मा खयरगोलीले विद्यार्थी तथा महिला आफै समयमै सचेत, सबल, सक्षम र आत्मबलको लागि यो प्रशिक्षण दिइएको बताइन् । यसको उद्देश्य जनचेतना जगाउने, आफुलाई अपराधीबाट बचाउने तथा परिआए प्रतिकार गर्न सक्ने बनाउनु हो भन्दै , आत्मरक्षा कलालाई परिस्थिती अनुसार मात्र प्रयोग गर्नु पर्ने बताएकी छन ।
आत्मरक्षा सम्बन्धी जनचेतनामुलक तथा टेक्निकल तालिममा भक्तपुर नपा वडा नं. ७ मा रहेको ८ वटा विद्यालय वाइज ल्याण्ड सेकेण्डरी स्कुल, प्रोवेश स्कुल, नविन स्कुल, बाल सेवक, विद्या विकास, चण्डेश्वरी प्रा.वि. इमेज स्कुल र सूर्यदय मा.वि का १०० जना भन्दा बढि विद्यार्थी एवं शिक्षिकाहरु ले भाग लिएका थिए ।
सो कार्यक्रममा सबै विद्यालयको सहभागीबाट आत्मरक्षा कला प्रदर्शन तथा समाज भइरहेको विभिन्न समस्याहरुलाई नाटकीय रुपमा रुपान्तरण गरिएको प्रस्तुतीकरण देखाएका थिए ।
प्रतिक्रिया दिनुहोस्