काठमाडौं,२७ माघ । पाँचथरमा विद्यार्थीलाई प्रधानाध्यापकले कुटपिट गरेको भन्दै विद्यार्थी संगठनले आज तालाबन्दी गरेका छन । पाँचथर जिल्लाको सदरमुकाममा रहेको फिदिम माध्यमीक बिद्यालय नौ कक्षामा अध्ययनरत बिद्यार्थीलाई प्रधानाध्यापकले कुटपिट गरेको भन्दै बिद्यार्थी संगठनले तालाबन्दी गरेका हुन ।
शुक्रबार प्रअ दुर्गा खत्र्रीले बिद्यार्थी रोहित राईलाई जिल्ला अस्पतालमा भर्ना हुनेगरि कुटपिट गरेको भन्दै अनेरास्ववियु, अनेरास्ववियु क्रान्त्रिकारी र समाजबादि बिद्यार्थी फोरमले विद्यालय व्यवस्थापन समिति र प्रअको कार्यकक्षामा ताला लगाएका छन् ।
विद्यार्थीहरुको बालमनोविज्ञानमा गम्भीर असर हुनेगरि कुटपिट गर्ने प्रअको नैतिक रुपमले राजिनामा दिनुपर्ने माग गर्दै अनिन्चीतकालिन ताला लगाएको विद्यार्थी संगठनको भनाइ छ । प्रअ खत्रीले भने सुजियोजित तरिकाले कुटपिट नगरेर विद्यार्थी सचेतका लागि तर्साउन हातपात गरेको बताएका छन ।
एसइइ पुर्व तयारी परीक्षा संचालन भैरहेकोले विद्यार्थीले लगाएको अनिस्चीतकालीन तालाबन्दीले असर पुग्ने भएको छ ।
बेञ्च तोडफोड गरिएको बिषयमा प्रअले विद्यार्थी राईलाई कक्षामै कुटपिट गरिएको थियो ।
त्यपछि प्रअको कार्यकक्षमा लगेपछि बाँकि घटना बाहिर नआएको हो । त्यसपछि कक्षाकोठा आएका विद्यार्थी बेहोस भएपछि शिक्षक र बिद्यार्थीहरुले अस्पताल पु¥याएको विद्यार्थीको भनाइ छ । विद्यार्थी राईको थप उपचारका लागि बि एण्ड बि अस्पताल बिर्तामाड लगिएको थियो ।
प्रतिक्रिया दिनुहोस्