काठमाडौ,२८ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता हरिबोल गजुरेलले नेकपा अध्यक्षदयबीच श्रीमान श्रीमती जस्तो सामान्य झगडा भएको बताएका छन । भेनेनजुएला, सरकार तथा संगठन संचालनका विषय पार्टीमा एकमत भएकोले अन्यले यस्लाई अतिरञ्जीत बनाएको बताए ।
पाँचथरको सदरमुकाम फिदिम बजारमा आज पत्रकार सम्मेलनमा गजुरेलले अकल्पनीय ठुलो पार्टीहरु एकता हुने क्रममा ढिलासुस्ती हुनु स्वाभाविक भएको बताए ।
ठुलो पार्टीबिच एकता नचाहने तत्व यसबेला सक्रिय हुन्छन् । यस्ले एकतामा कुनै आँच नपुग्ने बताए । तिनै तहमा पार्टी संगठन नहुदा सरकार संचालनमा समस्या भएकोले चाडै गठन गर्ने बाटो खुलाउन नेतृत्वलाई सुझाव समेत दिए ।
प्रतिक्रिया दिनुहोस्