ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

५२० यात्रु सहितको फ्रन्सेली जहाजको इन्जिन आकाशमै विष्फोट (भिडियो)


admin
१५ आश्विन २०७४, आइतबार   १२ : ०८   बजे

क्यानाडा, १५ असोज । फ्रान्सको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी – एअर फ्रान्सको एक जेट विमान क्यानाडाको एक विमानस्थलमा आकस्मिक अवतरण गरेको क्यानाडाली टिभी प्रसारणले जनाएको छ ।
सो विमान पेरिसबाट संयुक्त राज्य अमेरिकाको लस एन्जलसतर्फ उडिरहेको थियो । गन्तब्यतर्फ जाने क्रममा आन्ध्र महासागर माथि उडिरहेको अवस्थामा विमानका चारवटामध्ये एउटा इन्जिनमा आगलागी भै विस्फोट भएको थियो ।
एयर बस कम्पनीद्वारा फ्रान्स मै निर्मित, ए–३८० मोडेलको सो विमान विश्वमा हालसम्म उत्पादित यात्रुबाहक विमानहरुमध्ये सबभन्दा विशाल कायको मानिन्छ ।
आगलागी भई एउटा इन्जिन विस्फोट भएपछि तत्कालै चालक दलले उक्त विमानलाई क्यानाडाको लाब्राडर प्रान्तको गूज बे विमानस्थलमा अत्यन्त सकुशल अवतरण गराएका थिए ।
विमानमा सवार ५२० जना यात्रुहरुमध्ये धन्न कसैलाई केही पनि नभएको जनाइएको छ । विमान आकस्मिक अवतरणको क्रममा इन्जिनको ढक्कन (काउलिङ्ग) लगायत इन्जिनका अन्य मुख्य मुख्य पार्टपुर्जाहरु टुक्रा टुक्रा भै धावनमार्गमा खसेर टाढाटाढासम्म यत्रतत्र छरपस्ट भएका थिए ।
विमानमा सवार यात्रुहरुले बताए अनुसार साँढे छ घण्टा उडिसकेपछि सो विमानभित्र भयङ्कर विस्फोटको आवाज सुनिए ता पनि चालक दलको कार्य कुशलताले सुरक्षित अवतरण भएको, कुनै भय, त्रास वा भागदौड मच्चिने स्थिति आउनै नपाई नियमित यात्रासरह सामान्य अवस्था रहेको थियो ।
इन्जिन फेर्ने लगायत अन्य सम्पूर्ण मर्मत सम्भारपश्चात् उक्त बिमानलाई फिर्ता लगिने एयर फ्रान्सले जनाएको छ ।

https://www.youtube.com/watch?v=SpUr1dfg8HM

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group