ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काश्मिरमा विष्फोट, १२ सैनिकको मृत्यु


admin
२ फाल्गुन २०७५, बिहिबार   ७ : ३७   बजे


 एजेन्सी २ फागुन । भारत प्रशासित काश्मिरमा सरकारी सुरक्षा फौजलाई लक्षित गरी बिहीबार गरिएको आक्रमणमा परी कम्तिमा १२ जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ । 

काश्मिरको प्रमुख शहरबाट करिब २० किलोमिटर टाढा राजमार्गमा गुडिरहेको सैनिक गाडीहरूको समूहलाई लक्षित गरी थापिएको विद्युतीय धरापमा परी १२ सुरक्षाकर्मीको मृत्यु भएको छ, विशेष प्रहरी अधिकारी मुनिर अहमद खानले एएफपीलाई बताउनुभयो । 

भारतीय समाचार संस्था पीटीआईले उक्त आक्रमणबाट १८ जना सुरक्षाकर्मीको मृत्यु भएको बताएको छ । 

आक्रमणमा परी केही सुरक्षाकर्मी घाइते भएका भएपनि उनीहरूलाई घटनास्थलबाट तत्काल उपचारका लागि अस्पताल पठाइएको छ । 

स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार घटनाको पाकिस्तानमा सक्रिय जैस–ए– मोहम्मद इस्लामिक समूहले जिम्मेवारी लिएको छ । समूहका प्रवक्ताले घटनाको पुष्टि गर्दै “भारतीय सैनिकलाई लक्षित गरी भएको आत्मघाती आक्रमणमा आफ्नो वाकास कमाण्डो भनिने आदिल अहमदले गराएको उनी जैस–ए– मोहम्मद इस्लामिक समूहका लडाकू रहेको” स्थानीय सञ्चारमाध्यमलाई पठाइएको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

यो भारतीय सुरक्षाकर्मीमाथि विगत दुई बर्षमा भएको सबैभन्दा ठुलो आक्रमण हो । भारतको काश्मिरमा करिब पाँच लाख सैनिक कार्यरत छन् भने उक्त स्थानमा सन् १९४७ मा बेलायत भारतबाट फर्केपछि पाकिस्तान र भारतबीच सीमा विवादका कारण भएको विवादका कारण प्राय अशान्त रहँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मकवानपुरमा तरकारी बोकेको ट्रक १०० मिटर तल खस्यो, एक जनाको मृत्यु

सरकारसँगै डराइरहेका छन् व्यवसायी …

सम्बन्धित

ब्राजिलमा शरणार्थी आवेदन अस्वीकृत हुनेमा नेपाली पाँचौं, मानव तस्करीको जालो फेरि उजागर

अन्तर्राष्ट्रिय रूपमा चर्चित ट्राओरेमाथि बुर्किना फासोमा किन उठ्दै छ प्रश्न ?

बिहारको ‘भाजपा गढ’मा प्रशान्त किशोरको ऐतिहासिक जित : जातीय राजनीतिलाई चुनौती ?

पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना

इजिप्टमा ५ म्याग्निच्युडको भूकम्प

ट्रम्पको इरान सम्बन्धी घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट, सुनको अवस्था के छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu