ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी तथा दक्षिण कोरियाली विदेशमन्त्रीबीच भेटवार्ता,के भयो कुराकानी ?


admin
३ फाल्गुन २०७५, शुक्रबार   २ : ५९   बजे


वासिङटन, ३ फागुन । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले उहाँका दक्षिण कोरियाली समकक्षी काङ क्युङ–ह्वासँग पोल्याण्डको राजधानी वार्सामा कोरियाली प्रायदीपलाई आणविक निशस्त्रिकरण गर्न आ–आफ्ना तहबाट भइरहेका प्रयासबारे कुराकानी हुने भएको छ । 

मध्यपूर्वको सुरक्षार्थ वार्सामा भइरहेको सम्मेलनका अवसरमा पोम्पेओ र काङले भएको कुराकानीमा कोरियाली प्रायदीपलाई आणविकरूपमा निशस्त्रिकरण गर्ने सन्दर्भमा प्योङयाङसँगका छलफलबारे एक आपसबाट भएका प्रयास उल्लेख गर्नुभएको थियो । 

अमेरिकी विदेश विभागका अनुसार उहाँहरूले अमेरिका–दक्षिण कोरिया र जापानबीच त्रिपक्षीय सहकार्यका लागि प्रतिवद्धता प्रकट गर्नुभएको छ । 

अमेरिकी समाचार संस्था सीबीएससँगको अन्तवार्तामा विदेशमन्त्री पोम्पेओले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाली नेता किम जङ उनबीच भियतनामको हनोइमा फेब्रुअरीको अन्त्यमा हुने दोस्रो शिखर सम्मेलनको तयारीबारे छलफलका लागि यसै हप्ताको अन्त्यसम्म अमेरिकाले एसियामा एउटा कार्यदल पठाउने सहमति भएको बताउनुभयो । 

विदेशमन्त्री पोम्पेओले भन्नुभयो, “अब आणविक निशस्त्रिकरणका लागि काम शुरू गर्ने समय भएको छ र आशा छ यो शिखर सम्मेलनले यसलाई सम्पन्न गर्नेछ ।” 

उत्तर कोरिया मामिला अमेरिकी विशेष प्रतिनिधि स्टेफन बेइगनले गत हप्ता प्योङयाङको तीन दिन लामो भेट उत्तरकोरियाली समकक्षी किम ह्योक चोलसँग गत बर्षको जुनमा सिङ्गापुरमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीचभएको पहिलो शिखर सम्मेलनले तय गरेको मार्गचित्र अनुसार नयाँ वार्तालाई अघि बढाउने प्रतिवद्धता व्यक्त भएको थियो । 

बेइगनले जनवरी ३१मा अमेरिकी पक्षले वार्ताको तयारीका लागि छलफल गर्नेमा जोड दिँदै उत्तर कोरियाको आणविक निशस्त्रिकरण हुनुपूर्व अमेरिकाद्वारा प्योङयाङमाथि लगाएको प्रतिबन्ध फुकुवा नहुने बताउनुभएको थियो । 

दोस्रो शिखर सम्मेलन पहिले बेइगन र किमह्याक चोलबीच तयारीका लागि पुनः भेट्ने सहमति भएको थियो । यसै सहमति अनुसार अमेरिकी टोली एशिया आउने विदेशमन्त्री पोम्पेओको भनाइ आएको हो । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मकवानपुरमा तरकारी बोकेको ट्रक १०० मिटर तल खस्यो, एक जनाको मृत्यु

सरकारसँगै डराइरहेका छन् व्यवसायी …

सम्बन्धित

ब्राजिलमा शरणार्थी आवेदन अस्वीकृत हुनेमा नेपाली पाँचौं, मानव तस्करीको जालो फेरि उजागर

अन्तर्राष्ट्रिय रूपमा चर्चित ट्राओरेमाथि बुर्किना फासोमा किन उठ्दै छ प्रश्न ?

बिहारको ‘भाजपा गढ’मा प्रशान्त किशोरको ऐतिहासिक जित : जातीय राजनीतिलाई चुनौती ?

पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना

इजिप्टमा ५ म्याग्निच्युडको भूकम्प

ट्रम्पको इरान सम्बन्धी घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट, सुनको अवस्था के छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu