७ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज यहाँ अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस जिल्ला मूलसमारोह समितिको आयोजनामा भएको कार्यक्रममा वक्ताले शहीदले पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो ।
भरतपुर महानगरपालिकाकहा प्रमुख रेनु दाहालले विभिन्न चरणमा भएका आन्दोलनका बलले नेपालमा युगान्तकारी राजनीतिक परिवर्तन प्राप्त भएको भन्दै यसलाई संस्थागत गर्दै विकास, रोजगार र सुशासनमार्फत समृद्धिको बाटोमा सबै एक ढिक्का भएर लाग्नुपर्ने बताउनुभयो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले प्रजातान्त्रिक आन्दोलन गणतन्त्रको स्थापनासम्म आइपुगेको बताउँदै अब आर्थिक सामाजिक रूपान्तरणमा लाग्नुपर्ने बताउनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तेजेन्द्र खड्काले शहीदले पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो । प्रजातन्त्र दिवसका अवसरमा आज बिहान चौबिसकोठीबाट समन्वय समितिको कार्यालयसम्म प्रभातफेरीको आयोजना गरिएको थियो । आजै रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्