बझाङ , ८ फागुन । बझाङ मोटरसाईकल दुर्घटना हुदादुई जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाईते भएका छ । मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका वडा नं १० बस्ने बर्ष २३ का पवन छत्याल र जयपृथ्वी नगरपालीका वडा नं ७ सुवेडा बस्ने २४ बर्षिय प्रेम हमाल रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

घाईते हुनेमा जयपृथ्वी नगरपालिका वडा नं १० चैनपुरका २० बर्षिय आकाश सिंह रहेका छन । घाईते सिंहको जिल्ला अस्पताल बझाङमा उपचार भईरहेको छ । गए राती तमैल बजार नजिकै जयपृथ्वी नगरपालिकाको वडा नं ७ मालेभिरमा से ६ प ६४६६ नं को मोटरसाईकल दुर्घटना भएको हो । तमैल बजार बाट चैनपुर आउनेक्रममा मोटरसाईकल दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ । मोटरसाईकल सडक बाट सय मिटर तल खसेको हो ।
विहान ४ बजे घाईते आकाश सिंहले सम्पर्क गरे पछि घटना भएको जानकारी भएको हो । दुई दिन अघि मात्र चैनपुर बाट धामीलेक जाने क्रममा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको थियो भने ७ जना घाईते भएका थिए ।
प्रतिक्रिया दिनुहोस्