काठमाडौं , ८ फागुन । सरकारले पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटासहित ६ जना सचिवहरूको सरुवा गरेको छ । एक जना सहसचिवलाई सचिवमा बढुवा गरी पदस्थापन गरिएको छ ।
सचिव देवकोटालाई पर्यटन मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ ।पर्यटन मन्त्रालयमा युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई ल्याइएको छ ।
यसैगरी गजेन्द्र ठाकुरलाई खानेपानी मन्त्रालयबाट नेपाल ट्रष्टको कार्यालयमा सरुवा गरिएको छ । खानेपानी मन्त्री बिना मगरसँग मत बाझिएपछि उनलाई सरुवा गरिएको हो । ठाकुरले मन्त्री मगरले आफूलाई अनियमित रुपमा काम गर्न दबाव दिएको र आफूले अस्वीकार गर्दा सरुवा गरिएको बताउँदै आएका छन् ।
यसैगरी प्रधानमन्त्री कार्यालयका अर्का सचिव रेश्मीराज पाण्डेलाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ । रक्षा मन्त्रालयका विष्णुप्रसाद लम्साललाई प्रधानमन्त्री कार्यालयमा तानिएको छ ।
यस्तै सहसचिव सूर्य गौतमलाई सचिवमा बढुवा गरी महालेखा नियन्त्रकको कार्यालयमा पदस्थापन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्