काठमाडौं, ९ फागुन । समाज कल्याण परिषदका पदाधिकारीहरु बर्खास्तमा परेका छन् । बदनियत र कानून विपरीत काम गरेको भन्दै सरकारले उनीहरुलाई पदमुक्त गरेको छ ।
सोमबारको मन्त्रिपरिषद बैठकले परिषद्का उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्यहरु कुञ्जकुमार झा, गोकर्ण भट्ट र सदस्यसचिव डिल्लीप्रसाद भट्टलाई बर्खास्त गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाका अनुसार उनीहरुले बदनियतपूर्वक र कानून विपरीत काम गरेर परिषद्लाई हानी पु(याएका थिए ।
सरकारले ती पदाधिकारीहरुलाई कानुनी कारबाहीका लागि प्रक्रियासमेत अघि बढाएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्