सप्तरी, १२ फागुन । जबरजस्ती करणी गरेको अभियोगमा एक व्यतिmलाई प्रहरीले पक्राउ गरेको छ ।
रुपनी गाउँपालिका १ बस्ने ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको भन्दै सोही ठाउँ बस्ने ३८ वर्षीय देबेन्द्र यादवलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
घटनाको सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रुपनिबाट खटिएको प्रहरीले यादबलाई पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्