ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशबाट पुनः श्रम स्वीकृति पाएपछि युवा खुशी


admin
१२ फाल्गुन २०७५, आइतबार   २ : ३९   बजे


टीकापुर, १२ फागुन ।  देशबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था भएपछि वैदेशिक रोजगारीमा जाने युवालाई सजिलो भएको छ । 

गत माघ ११ गते स्थापना भएको धनगढीस्थित श्रम तथा रोजगार कार्यालयको श्रम डेस्कबाट एक महीनाको अवधिमा २५२ जनाले सेवा लिइसकेका छन् । प्रदेशबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था भएपछि विदेश जानेहरु पनि खुशी भएका छन् ।

पहिले काठमाडौँसम्म पुगेर श्रम स्वीकृति लिन लाम लाग्नुपर्ने र तीन चार दिन होटलमा बस्नुपर्ने हुन्थ्यो, त्यसरी पनि नसकेपछि पैसा दिएर काम गराउनुपथ्र्यो । 

पुनःबास नगरपालिका–६ कञ्चनपुरका इन्द्रबहादुर थापा भन्नुहुन्छ, “बिहान घरमै खाना खाएर आएर सजिलै काम गर्न पाइएको छ खुशी लाग्यो ।” युनाइटेड अरब इमिरेट्सको दुबई जान पुनःश्रम स्वीकृति लिन धनगढी आइपुग्नुभएका बाजुराको बुढीनन्दा नगरपालिका–२ कोल्टीका अंगराज जोशी पनि नजिकैबाट सेवा लिन पाएकोमा खुशी हुनुहुन्छ । 

“काठमाडौँ जाँदा यातायात तथा खाना खर्चका साथै समय पनि धेरै नै लाग्थ्यो”, उहाँ भन्नुहुन्छ, “अहिले पनि काठमाडौँमा टोकन सिस्टम छ धेरै समय लाग्छ, सुदूरपश्चिममा कार्यालय आएपछि सजिलो र सस्तो पनि भयो ।” अछामस्थित रामारोशन गाउँपालिका–१ मलातीकोटका कपिल शाह काठमाडौँको सेवा धनगढीमै पाउदाको फाइदा तुलना गर्नै नसकिने बताउनुहुन्छ । 

वैदेशिक रोजगारका सरोकारवालाहरु भने वैदेशिक रोजगारसम्बन्धी अन्य सेवाहरु पनि प्रदेश तहमा विकेन्द्रित हुनुपर्नेमा जोड दिन्छन् । “प्रदेशबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था स्वागतयोग्य छ ।

नयाँ स्विकृति लिन काठमाडौँ जाँदा दलालको चपेटामा पर्नुपर्ने अवस्था अझै छ”, आप्रवासी कामदार हकहित संरक्षण केन्द्रका जिल्ला अध्यक्ष नारायणबहादुर विक भन्नुहुन्छ, “विभागले दिइरहेको न्यायिक सेवा र प्रवद्र्धन बोर्डले दिने सेवा प्रदेशस्तरमै श्रम तथा रोजगार कार्यालयबाट पाउने गरी विकेन्द्रित भैदिए अझै सहज हुने थियो ।” 

प्रदेशमा श्रमसम्बन्धी सेवा दिने श्रम तथा रोजगार कार्यालयमा भने कर्मचारी अभाव छ । चौध जनाको दरबन्दी भएको कार्यालयमा पाँच कर्मचारी र तीन सहयोगी गरी आठ जना मात्रै कार्यरत छन् । 

एक भाषा अनुवादक र एक कम्प्युटर अपरेटर करारमा आएपनि अझै तीन जनाको अभाव छ । “कार्यालयका मुख्य पद खाली छन् । अहिले कार्यालय प्रमुख उपसचिव, अधिकृत र एकजना नायब सुब्बाको पद रिक्त छ”, निमित्त प्रमुख जयदेव विष्टले भन्नुभयो, “श्रम स्वीकृति प्रक्रियाका लागि चार जना अनिवार्य चाहिन्छ, एक जना बिरामी भए वा बिदामा गए कामै रोकिने अवस्था छ, भएका सबै कर्मचारी पुनःश्रम स्वीकृतिमा लाग्दा श्रम प्रतिष्ठानको अनुगमन र सामाजिक सुरक्षा कोषको कार्यक्रम ठप्प हुन्छ । निमित्त प्रमुख विष्ट अहिलेसम्म आएका सेवाग्राहीहरु ७०० किलोमि

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group