धनकुटा,१२ फागुन । धनकुटाको महालक्ष्मी नगरपालिकामा ट्याक्टर पल्टिदाँ दुई जनाको मृत्यु भएको छ । आइतबार दिउसो करिब १ बजे महालक्ष्मी नगरपलिका ८ याङलाबुङमा ना.४ त ९६५४ नंम्बरको ट्याक्टर पल्टदाँ महालक्ष्मी नगरपालिका ८ घर भएका ट्याक्टर चालक २७ बालकुमार मगर मृत्यु भएको हो ।
यसै गरी ट्याक्टरमा सवार सोहि वडाका १० वर्षिय बालक अनिल आले मगरको समेत मृत्यू भएको महालक्ष्मी प्रहरी चौकिका इन्चार्ज मदन भण्डारीले बताएका छन ।
समान्य घाईते भएका महालक्ष्मी नगरपालिकाल ७ का छविलाल पुलामी मगर सामान्य उपचारपछि घर फर्किएका छन । ट्याक्टर महालक्ष्मी नगरपालिकाको जीतपूर बजारबाट उक्त स्थानतिर अम्रिसो संकलन गर्न गएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्