ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफ्नै ट्याक्सीभित्र एक युवक मृत भेटिए


admin
१२ फाल्गुन २०७५, आइतबार   ७ : १५   बजे


भक्तपुर, १२ फागुन ।  सूर्यविनायक नगरपालिका–८ सिपाडोल आदर्श बस्ने २६ वर्षीय निकेश भुजु आफैँले चलाउने ट्याक्सीमा मृत अवस्थामा फेला परेका छन् । 

आफैँले चलाउँदै आएको बा५च ६४२१ नंको ट्याक्सी बनाउने भन्दै घरबाट बिहान निस्किएका भुजुलाई प्रहरीले भक्तपुर नगरपालिका–८ लिवालीमा रोकिराखेको आफ्नै गाडीभित्र मृतावस्थामा भेटेको महानगरीय प्रहरी परिसरले जनाएको छ । 

बिहान निस्किएका श्रीमान् घर नआएका र मोबाइलसमेत सम्पर्क नभएपछि श्रीमती सिर्जनाले प्रहरीलाई जानकारी गराइ आफैँले समेत खोजी गर्ने क्रममा लिवालीमा गाडी देखेपछि प्रहरी पुग्दा अचेत अवस्थामा भुजुलाई देखी भक्तपुर अस्पताल लैजाँदा मृत्यु भइसकेको जानकारी गराइएको प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

प्रहरी र श्रीमती सिर्जना लिवाली पुग्दा ट्याक्सी नजिकबाट भाग्दै गर्दा चार जनालाई प्रहरीले पक्राउ गरी अनुसधान शुुरु गरेको उहाँले जानकारी दिनुभयो । पक्राउपर्नेमा चाँगुनारायण नगरपालिका–८ का २५ वर्षीय सुमन बाला, दाङ हापुर गाउँपालिका– ४ का १९ वर्षीय भूपबहादुर रोका, सिन्धुपाल्चोक मार्मिङ गाउँपालिका– १ ट्याङ्थली घर भई हाल चाँगुनारायण– ९ ताँथली बस्ने २६ वर्षीय किरण श्रेष्ठ र ताँथलीकै २१ वर्षीय सुकु भन्ने राज वनमाला रहेका छन् । प्रहरीले शव परीक्षण गर्न शिक्षण अस्पताल पठाएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group