ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनस्वास्थ्यप्रति सरकार संवेदनशील छ : मुख्यमन्त्री राई


admin
१२ फाल्गुन २०७५, आइतबार   ७ : २७   बजे


विराटनगर, १२ माघ  ।  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तराईमा लामखुट्टेबाट सर्ने रोगबाट हुने अकाल मृत्यु रोकथामका लागि प्रदेश सरकार संवेदनशील रहेको बताउनु भएको छ । 

मोरङ क्षेत्र नं ४ का सङ्घीय सांसद अमनलाल मोदीले दक्षिण कोरियाको क्रुपी फाउण्डेसनबाट उपलब्ध गराइएका ३० थान लामखुट्टे (मच्छर) नियन्त्रण गर्ने उपकरण मेशिन आज स्थानीय जनप्रतिनिधिलाई हस्तान्तरण गर्दै उहाँले सो कुरा बताउनुभएको हो । मुख्यमन्त्री राईले जनप्रतिनिधिले मानव स्वास्थ्य रक्षामा सदैव कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सङ्घीय संरचनाअनुसार तीन तहको सरकार विकास र समृद्धका लागि काँधमा काँध मिलाई हिँडिरहेको दाबी गर्दै जनताको विकासको चाहना चाँडै नै पूरा हुने विश्वास व्यक्त गर्नुभयो । 

मुख्यमन्त्री राईले तराई, पहाड र हिमाल विविधिताले भरिएको यस देशमा शान्ति सुशासन कायम भई विकास मात्र एक एजेण्डा रहेकाले विश्वका मित्रदेशीहरु आर्थिक समृद्ध कायममा सहयोग गर्न आतुर रहेको बताउनुभयो । 

सामाजिक विकासमन्त्री जीवन घिमिरेले यस क्षेत्रमा अकल्पनीय रुपमा विकास निर्माणका कार्य भइरहेको बताउँदै जनताले त्यसको अनुभूति र परिणाम केही सयमदेखि देखिने धारणा व्यक्त गर्नुभयो । उहाँले यस क्षेत्रका बसोबास गर्ने आदिवासी, जनजाति पिछडिएका दलित एवम् गरीब जनताले प्राप्त सहयोगवाट जीवन सहज हुने बताउनुभयो । 

सङ्घीय सांसद अमनलाल मोदीले लामखुट्टेका कारण विभिन्न रोगबाट सर्वसाधारण जीवन जोगाउन मेशिन उपयोगी हुने विश्वासले सहयोग गरेको बताउँदै आगामी दिन जनताको आर्थिक आयआर्जनमा कार्य जोड दिने धारणा राख्नुभयो ।

विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले लामखुट्टे नियन्त्रण विषादी प्रयोगमा सावधानी अपनाउन आग्रह गर्दै महानगरले यस क्षेत्रमा तीन÷चार महीनामा नियन्त्रण अभियान सञ्चालन गर्न गरेको जानकारी दिनुभयो । 

सहयोगी संस्था क्रुपका दक्षिण कोरियाका टोली नेतृत्वद्वय ली हान हू र चे होङ्गले नेपालीमा मन्तव्य राख्दै नेपाली जनतालाई सानो सहयोग गर्न पाउँदा खुशी व्यक्त गर्दै आगामी दिनमा थप सहयोग गर्ने वचनबद्धता व्यक्त गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

४ सय कन्टेनर र एक हजार कामदार सम्पर्कविहीन, केरुङ नाकाको बाढीले व्यवसायीलाई ठूलो धक्का

अन्तर्राष्ट्रिय उद्धार टोलीलाई किन अनुमति दिइएन ?

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu