ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मृगौला रोगीलाई जापानबाट आर्थिक सहयोग


एबीसी न्यूज
१३ फाल्गुन २०७५, सोमबार   ९ : ४२   बजे

जापान , १३ फागुन । २५ फेबुवरी अर्घाखाँची समाज जापानले मृगौला रोगी मर्साइको उपचारको लागि १ लाख ९ हजार १ सय जापानी एन आर्थिक सहयोग गरेको छ ।

अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वाड न. ७ नुवाकोट बरबास निवासी ३९ वर्षिय जीवन मर्साइलाई मृगौलाको उपचारको लागि आर्थिक सहयोग गरेको हो । मर्साइ बिगत १२ वर्ष देखि करेन्ट लागेर अपाङ्ग बन्दै आएका र अहिले दुवै मृगौलामा समेत समस्या देखिएको परिवारले जनाएको छ । उपचारका क्रममा अस्पताल पुग्दा दुवै मृगौलामा सङक्रमण र पत्थरीको समस्या देखिएकोले चिकित्सकले शल्यक्रिया गर्न सुझाव दिएको परिवारीक श्रोतले बताएको छ । आर्थिक अवस्था कमजोर र लामो समयदेखि करेन्टबाट पिडीत बनी हिडडुल गर्न समेत नसक्ने अवस्थामा रहेका मर्साइको मृगौलाको उपचारमा ठुलो धनराशी खर्च हुने देखिएपछि परिवारले सहयोगका लागि अपिल गरेको थियो ।

चितवनको भरतपुर सिटी अस्पतालमा उपचाररथ मर्साइको उपचारमा सहयोग पुर्याउने उद्देश्यले अर्घाखाँची समाज जापानका सदस्य र जापानमा रहेका अर्घाखाँचीबासी बीच सहयोगको अभियान संचालन गरि रकम संकलन गरेको समाजका अध्यक्ष नेत्र बिष्टले जानकारी दिनुभयो । उक्त सहयोग अभियानबाट संकलित १ लाख ९ हज़ार १ सय जापानी एन संस्थाका संरक्षक ज्योतिष घर्ती मगर र अध्यक्ष बिस्टले संयुक्त रूपमा फोरेक्स जापानको शिनोकोबु शाखा बाट अर्घाखाचीका पत्रकार सहयोगी बिशी मार्फत मर्साइलाई हस्तान्तरण गरेको अध्यक्ष बिस्टले जानकारी दिनुभयो । समाजले बिरामी मर्साइको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आर्थिक अभियानमा सहयोग पुर्याउने सबैप्रती धन्यवाद समेत दिनुभएको छ । मर्साइकी श्रीमती र ३ छोरी समेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group