ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्य शिविरमा महिलाका समस्या बाहिर आउन थाले


admin
१३ फाल्गुन २०७५, सोमबार   २ : २४   बजे


बेझाड, १३ फागुन ।  गाउँ गाउँमा आयोजना हुने स्वास्थ्य शिविरले महिलाका समस्या बाहिर ल्याउन ठूलो सहयोग मिलेको छ । महिला सकेसम्म स्वास्थ्य संस्थामा पुगेर आफ्ना समस्या बताउन हिचकिचाउने गर्छन् ।

यसले गर्दा पनि उनीहरु भित्रभित्रै रोगसँग लडेर बाँचिरहेका हुन्छन् । भित्रभित्रै रोगले पीडित बन्छन् तर सम्बन्धित ठाउँमा समस्या लिएर जाने गर्दैनन् । 

यस्ता महिलाका लागि गाउँ गाउँमा बेलाबेलामा आयोजना हुने स्वास्थ्य शिविरमा समस्या लिएर पुग्ने गरेको पाइएको छ । पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा सञ्चालन भएको एकदिने महिला प्रजनन स्वास्थ्य जाँच शिविरमा गाउँका महिलाले आफ्ना समस्या लिएर पुगेको पाइयो । 

स्वास्थ्य संस्थाको हातामा पुगेर आफ्ना समस्या स्वास्थ्यकर्मीसँग बताउन लाज मान्ने, डराउने महिला यहाँ आयोजना भएको शिविरमा भने मज्जाले समस्याबारे जानकारी गराएका छन् ।

शिविरमा सेवा लिएका १६५ महिलामध्ये ६२ महिलामा सेतो पानी बग्ने, तीन जनामा रिङ प्रेसर देखिएको र दुईलाई थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभाष पठाइएको छ । 

शिविरमा २५ महिलामा अनियमित महीनावारी हुने, ५० मा बाथसम्बन्धी समस्या, १५ जनामा लुतो, पाँच जनामा आङ खस्ने समस्या देखिएको रम्भा गाउँपालिका स्वास्थ्य शाखा संयोजक महेश आचार्यले बताउनुभयो । साथै शिविरका अवसरमा सात महिलाले परिवार नियोजनका साधन इम्प्लान्ट तथा आयुसिडी सेवा लिएका छन् । 

गाउँपालिकाको आर्थिक सहयोग, लुम्बिनी मेडिकल कलेज प्रभाष, जिल्ला स्वास्थ्य कार्यालय र नेपाल परिवार नियोजन सङ्घ पाल्पाको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो ।

महिलाको आङ खस्ने समस्या, अनियमित महीनावारी हुने जस्ता समस्यालाई समयमा नै पहिचान गरी रोग निराकरण गर्न शिविरले महत्वपूर्ण सहयोग पुगेको स्वास्थ्य कार्यालय पाल्पाका अधिकृत कल्पना पौडेलले बताउनुभयो । 

“स्वास्थ्य चौकीमा जान हिचकिचाएर रोग लुकाएर बसेका महिला यसरी गाउँ गाउँमा आयोजना हुने शिविरमा आएर आफ्ना समस्या बताउन सक्नेभएका छन्”, उहाँले भन्नुभयो ।

गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिन थालेपछि ग्रामीण भेगमा बसोबास गर्ने, स्वास्थ्य सेवाको पहुँचदेखि टाढा रहेका नागरिकलाई ठूलो सहयोग पुगेको छ । गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार गाउँगाउँमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले शिविर आयोजना गरिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो । 

जिल्ला स्वास्थ्य कार्यालय, लुम्बिनी मेडिकल कलेज प्रभाष, जिल्ला अस्पताल, नेपाल परिवार नियोजन सङ्घ पाल्पा, ताहुँ प्राथमिक स्वास्थ्यचौकी र स्थानीय स्वास्थ्य एकाइमा कार्यरत १७ स्वास्थ्यकर्मीसहितको टोलीले शिविरमा सेवा दिएको हो । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

४ सय कन्टेनर र एक हजार कामदार सम्पर्कविहीन, केरुङ नाकाको बाढीले व्यवसायीलाई ठूलो धक्का

अन्तर्राष्ट्रिय उद्धार टोलीलाई किन अनुमति दिइएन ?

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu