
पोखरा, १३ फागुन । कास्कीको माछापुच्छे« गाउँपालिका–८ मा आज अस्थायी प्रहरी चौकी हस्तान्तरण गरिएको छ ।
सो गाउँपालिकामा समुदायमा प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत उक्त चौकी स्थापना गरिएको गण्डकी प्रहरी प्रदेश कार्यालयले जनाएको छ ।
भौतिक संरचनाको अभावका कारण शान्तिसुरक्षामा कुनै पनि असर नपरोस् भन्ने उद्देश्य राखेर गाउँपालिकाले चौकी निर्माण गरी हस्तान्तरण गरेको हो । सो अवसरमा कास्कीका प्रहरी उपरीक्षक ओमबहादुर राणाले समाजमा शान्ति स्थापना गर्नमा प्रहरीले टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्