ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहको एक वर्ष : संरचनागत सुधार, शान्ति सुरक्षा र सुशासनको आधार


एबीसी न्यूज
१४ फाल्गुन २०७५, मंगलबार   ७ : ४८   बजे

काठमाडौँ, १४ फागुन ।  गृह मन्त्रालयले गएको एक वर्ष संरचनागत सुधार र शान्तिसुरक्षा तथा सुशासनको आधार वर्षका रुपमा केन्द्रित रहेको जनाएको छ । 

गृहमन्त्री रामबहादुर थापा बादलले गृह मन्त्रालय सम्हालेको आज एक वर्ष पूरा भएको अवसरमा मुख्य उपलब्धिहरु सार्वजनिक गर्दै मन्त्रालयले शान्तिसुरक्षा तथा अपराध नियन्त्रणमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभयो । 

मन्त्रालयका अनुसार नागरिकको जीउ, धन र स्वतन्त्रताको संरक्षण गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य प्राप्त गर्न आवश्यक उपयुक्त सुरक्षाको वातावरण निर्माणका लागि एक वर्षले आधार तयार गरेको छ । 

संविधान, कानून र सरकारको मार्गचित्रलाई कार्यान्वयन गर्न गृह प्रशासन सुधार कार्ययोजना बनाई कार्यान्वयन गरिएको तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमा लागू गरिएको गृहमन्त्री थापाले बताउनुभयो । 

गृह प्रशासनमा विगतदेखिको प्रशासनिक विकृतिहरु न्यूनीकरण भएको दाबी गर्दै उहाँले सुरक्षा अङ्ग परिचालनलाई थप व्यवस्थित र व्यावसायिक बनाएको पनि उहाँले बताउनुभयो । 

मन्त्री थापाले भन्नुभयो, “शान्तिसुरक्षा, अपराध नियन्त्रण र सुशासनमा अझ धेरै गर्न बाँकी छ, यसतर्फ अझै सचेत हुँदै समृद्ध नेपाल निर्माणमा सबै एकजुट हुनुपर्छ ।” 

सङ्गठित अपराध नियन्त्रणमा सफलता मिलेको, यातायात क्षेत्रको सिण्डिकेट, विकास निर्माण र कानून कार्यान्वयनको क्षेत्रमा रहेका विकृति, अपराध नियन्त्रणमा महत्वपूर्ण उपलब्धि हासिल भएको उहाँको भनाइ छ । 

‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल गर्न मजबुत सुरक्षा आधार प्रदान गर्ने क्रममा तत्कालीन र दीर्घकालीन दुवै अर्थमा पर्याप्त आधारसहितको नतिजा हासिल गर्न सफल भएको मन्त्रालयको दाबी छ । 

मन्त्रालयले सार्वजनिक गरेको १० महत्वपूर्ण उपलब्धिअन्तर्गत यस वर्ष २४ मध्ये २१ वटा कानून तर्जुमा भएको, मापदण्ड विपरीत व्यक्तिको सुरक्षामा खटिएका २७५ सुरक्षाकर्मी फिर्ता गरिएको, महिला बालबालिकासम्बन्धी छुट्टै अपराध तथा अनुसन्धान भवन निर्माण गरिएको उल्लेख छ । 

जबर्जस्तीकरणी अपराधका घटनामध्ये ९५ प्रतिशत घटनाको सफल अनुसन्धान गरिएको, अवैध सुन तस्करी र सङ्गठित अपराधको सञ्जाल नियन्त्रणमा सफलता मिलेको मन्त्रालयको भनाइ छ । 

सुन तस्करीमा संलग्न ७५ मध्ये ४६ पक्राउ गरिएको, ३१ फरार रहेको, ३४ लाई अदालतबाट पुर्पक्षका लागि थुनामा पठाइएको र ३६ अभियुक्तको चल–अचल सम्पत्ति रोक्का गरिएको मन्त्रालयद्वारा सार्वजनिक गरिएको विवरणमा उल्लेख छ । 

यातयात क्षेत्रमा रहेको लामो समयसम्मको सिण्डिकेटको अन्त्यका लागि नवीकरण गर्ने कार्य बन्द गरिएको, राजमार्गमा हुने अवरोध हटाउन सुरक्षा कारवाहीको कार्यविधि तयार गरी ७७ वटै जिल्लामा लागू गरिएकाले यस्ता अवरोध न्यूनीकरण भएको मन्त्रालयको दाबी छ । 

विपद् व्यवस्थापन कार्य प्रभावकारी बनाइनु, नेपाल प्रहरीतर्फ सातै प्रदेशमा विपद् व्यवस्थापन कार्यदल बनाइनु, पाँचथर र सिंहदरवारमा कर्मचारीलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराइनु तथा सबै जिल्लाका प्रजिअसँग कार्यसम्पादन सम्झौता गरी कार्यान्वयनमा ल्याउनुलाई पनि मन्त्रालयले महत्वपूर्ण उपलब्धिका रुपमा लिएको छ । 

मुलुकको सङ्घीय संरचनाअनुसार सबै स्थानीय तहमा प्रहरीको पहुँच बढाइएको, सीमा क्षेत्रमा सशस्त्रको थप बोर्डर आउट पोष्टसहित ५६ वटा नयाँ एकाई स्थापना गरिएको तथा विदेशी नागरिक अनुगमन निर्देशिका कार्यान्वयनमा ल्याइएको सार्वजनिक विवरणमा उल्लेख छ । 

अध्यागमनको आधुनिकीकरण र व्यवस्थित गर्ने कार्य प्रारम्भ गरिएको मन्त्रालयले जनाएको छ । विप्लव नेतृत्वको नेकपाका ३४७ लाई पक्राउ गरी मुद्दा चलाइएको, सिके राउत समूहका व्यक्तिहरुलाई समेत कानूनी दायरामा ल्याएको र सूचना प्रविधिको प्रयोगलाई बढाई सुरक्षा निगरानी बढाइएको जनाइएको छ । 

प्राकृतिक प्रकोप तथा दुर्घटनाका घाइतेहरुलाई हेलिकप्टरबाट उद्धार गर्ने कार्यलाई तीव्र बनाइएको तथा समुदाय–प्रहरी साझेदारी अभियान कार्यक्रमअन्तर्गत हालसम्म ७७ जिल्ला समिति, ७४७ गाउँ÷नगरपालिका समिति गठन गरी समुदायसँग मिलेर शान्तिसुरक्षा कायम गर्नेतर्फ सरकार अघि बढेको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group