काठमाडौँ, १४ फागुन । काठमाडौं जिल्ला बुढानिलकण्ठ नगरपालिकाको आयोजनामा कामपा ३ का नगर प्रमुख तथा समुदाय प्रहरी पालिका समितिका संयोजक श्री उद्धब खरेलको प्रमुख आतिथ्यतामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
बुढानिलकण्ठ नगरपालिका र १३ वटा वडा समितिका सम्पुर्ण सदस्यहरु, महानगरीय प्रहरी परिसर कार्यालयका प्र.ना.उ. राजेन्द्र पोखरेल, यस बृतका कार्यालय प्रमुख प्र.ना.उ. फणिन्द्र प्रसाई , प्रहरी प्रभाग कपनका कार्यालय प्रमुख प्र.नि. मिन बहादुर कुवर , प्रहरी प्रभाग बुढानिलकण्ठका कार्यालय प्रमुख राज कुमार राई सहित १५० जनाको उपस्थितिमा समुदाय प्रहरी साझेदारि सम्बन्धि अभिमुखिकरण तथा छलफल कार्यक्रम सम्पन्न गरिएको हो ।
साथै उक्त कार्यक्रममा यस महानगरीय प्रहरी बृत कार्यालयका कार्यालय प्रमुख प्र.ना.उ. प्रसाईले हालसम्म यस कार्यालय तथा प्रहरी प्रभाग कपनबाट भए गरेका प्रगति विवरण तथा समुदाय प्रहरी साझेदारि कार्यक्रम संचालनमा आएपछि गरिएका गतिविधिका बिषयमा जानकारि दिनुका साथै समाजमा देखिएका बिभिन्न समस्याहरु समाधान गर्न प्रहरी र समुदायको सहकार्य नितान्त जरुरी रहेको धारणा राख्नु भएको थियो ।
वडाका संयोजकले अपराध रहित समाज निर्माणमा आ–आफ्नो तर्फबाट भाबि दिनमा गर्न सकिने योजना समेत प्रस्तुत गर्नुका साथै महानगरीय प्रहरी परिसर कार्यालयका प्र.ना.उ. राजेन्द्र पोखरेलले कार्यक्रमको औचित्यता माथि प्रकाश पार्नुका साथै यस कार्यक्रमलाई सफलता प्रदान गर्न आफ्नो तर्फबाट जस्तो सुकै सहयोग गर्न पनि तत्पर रहेको बताउनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नगरपालिकाका नगर प्रमुख उद्धब खरेलले बिकासका निमित्त सुरक्षा अत्यन्तै महत्वपुर्ण बिषय भएको हुदा प्रहरी र आम समुदायसंग संगै हिड्न सके मात्रै सुरक्षित समाजको निर्माण गर्न सकिने हुंदा सुरक्षित र समुन्नत बुढानिलकण्ठ निर्माणमा प्रहरी र समुदायको महत्वपुर्ण भुमिका रहने र यसमा आफ्नो र सबै वडाहरुको सक्दो सक्रियता रहने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।
प्रमुख अतिथि नगरपालिकाका नगर प्रमुख उद्धब खरेलले बिकासका निमित्त सुरक्षा अत्यन्तै महत्वपुर्ण बिषय भएको हुदा प्रहरी र आम समुदायसंग संगै हिड्न सके मात्रै सुरक्षित समाजको निर्माण गर्न सकिने हुंदा सुरक्षित र समुन्नत बुढानिलकण्ठ निर्माणमा प्रहरी र समुदायको महत्वपुर्ण भुमिका रहने र यसमा आफ्नो र सबै वडाहरुको सक्दो सक्रियता रहने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्