ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाजुरा काँग्रेसबाट उम्मेदवारको नाम सिफारिस


admin
१९ आश्विन २०७४, बिहिबार   ११ : २९   बजे
congresha flage

बाजुरा, १९ असोज ।  नेपाली काँग्रेस बाजुराले प्रदेश र संघका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ ।

आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि काँग्रेसले बुधबार उम्मेदवारको नाम सिफारिस गरी केन्द्रमा पठाएको पार्टी सभापति कविराज पण्डितले बताउनुभएको छ ।

सिफारिस गरिएको सूचीमा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ कविराज पण्डित, देवराज जोशी, बद्रीप्रसाद पाण्डे र रामसिंह रावलको नाम छ । यीमध्ये बद्रीप्रसाद पाण्डे अहिले पनि व्यवस्थापिका–संसद् सदस्य र कविराज पण्डित जिल्ला पार्टी सभापति हुनुहुन्छ । त्यस्तै, देवराज जोशी पूर्व सांसद हुनुहुन्छ भने रामसिंह रावल त्रिवेणी नगरपालिकाका नगर प्रमुख हुनुहुन्छ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ जुनाकुमारी दानी, निर्मलाकुमारी रावल, विद्यादेवी तिमिल्सेना, महा सनाई (नेपाली) र होमनाथ जोशीको नाम सिफारिस भएको छ । तीमध्ये दानी महिलासंघ केन्द्रीय सदस्य, महा सनाई नेपाली, पूर्व समानुपातिक सांसद र होमनाथ जोशी जिल्ला हुलाक कार्यालय बाजुराका पूर्वप्रमुख हुनुहुन्छ ।

यसैगरी, प्रदेशसभामा प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नम्बर १ बाट जनकराज गिरीको मात्र नाम सिफारिस गरिएको छ । प्रदेशसभाको निर्वाचन क्षेत्रमा भने गिरी एक्लो उम्मेदवार बनेका हुन् । निर्वाचन क्षेत्र नम्वर १ मा समानुपातिकतर्फ १० जनाको नाम सिफारिस गरिएको छ ।

तीमध्ये अरुणकुमार शाही, ऐनबहादुर मल्ल, नरवीर कामी, निर्मलाकुमारी रावल, विद्या तिमिल्सेना, मनमती बूढा, रीता सिंह, साइमल लुहार, सुभद्रा भण्डारी (पाण्डे) र शिव बोहरा रहेको पार्टी प्रवक्ता नरबहादुर शाहीले जानकारी दिनुभएको छ ।

यसैगरी, प्रदेशसभाका लागि निर्वाचन क्षेत्र नम्बर २ मा ६ जनाको नाम रहेको छ जसमध्ये चक्रबहादुर शाह, जुनाकुमारी दानी, पदमबहादुर शाही, मनबहादुर रावल, मीनबहादुर धामी र रङबहादुर खातीको नाम सिफारिस गरिएको प्रवक्ता शाहीले बताउनुभयो । यसैगरी, प्रदेशतर्फ समानुपातिकमा १६ जनाको नाम केन्द्रमा पठाइएको छ ।

अमृताकुमारी सिंह, आनन्द मिजार, उमा रोकाया, ओमकार बोगटी भोटे, कौशल विक, खडक साउद, दिपादेवी बोहरा, धनराज पण्डित, पदमबहादुर नेपाली, पुने सार्की, वीरभाने विक, रनसिंहबहादुर अयडी, राधिकाकुमारी शाही (सिंह), सिर्जना ऐडी र शेरबहादुर खातीको नाम केन्द्रमा सिफारिस भएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाका लागि सिफारिस भएका उम्मेदवारमध्ये जुनाकुमारी दानी, विद्यादेवी तिमिल्सेना र निर्मला रावलले प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारी दिएको पाइएको छ । दुवै ठाउँमा उम्मेदवारी दिन नपाइने भएपनि जबर्जस्ती उम्मेदवारी दिएको नेपाली काँग्रेसले जनाएको छ ।

यसैगरी, प्रतिनिधिसभामा पनि नगरपालिका प्रमुख बनेका रामसिंह रावलले पनि प्रत्यक्षको लागि उम्मेदवारी दिएको बताइएको छ ।

आगामी १० मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) आन्तरिक छलफलमा रहेका छन् । एमाले माओवादीबीच ६०÷४० को भागबण्डा भएपनि उनीहरु आआफ्नै उम्मेदवारको नाम पठाउने तयारीमा रहेका छन् ।

दोस्रो चरणको स्थानीय तहको निर्वाचनपछि सुस्ताएको राजनीतिक चहलपहल बाजुरामा फेरि बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

सम्बन्धित

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu