ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रोल्पाली कृषक आधुनिक बाख्रापालनतर्फ आकर्षित


admin
१९ आश्विन २०७४, बिहिबार   १२ : ४५   बजे

रोल्पा, १९ असोज (रासस) ः परम्परागतरूपले निर्वाहमुखी पशुपालन गर्दै आएका रोल्पाली कृषक बाख्रापालन व्यवसायतर्फ आकर्षित हुन थालेका छन् । व्यावसायिक बाख्रापालनसँगै उनीहरूको आम्दानीमा पनि वृद्धि हुन थालेको छ ।

जिल्ला पशु सेवा कार्यालयले जिल्लाका विभिन्न स्थानमा ८१ वटा वयर जातका बोका भित्रिएको जनाएको छ । अस्ट्रेलियाबाट खरिद गरी ल्याइएका ती बोकाको बजार मूल्य डेढ लाखदेखि दुई लाखसम्म पर्ने वरिष्ठ पशु विकास अधिकृत डा गान्धीराज उपाध्यायले बताउनुभयो । स्थानीय जातका बाख्रामा नस्ल सुधार गरी उत्पादकत्व बढाउने तथा बोका बिक्री गरी आयआर्जन गर्ने उद्देश्यका साथ ती बोका भित्र्याइएको उहाँले जानकारी दिनुभयो ।

एउटा वयर जातको बोकाबाट ५० किलोभन्दा बढी मासु उत्पादन हँुदै आएको सम्बद्ध कृषकले बताएका छन् । प्रतिकिलो रु ८०० सम्म मूल्य रहेको सो जातको बोकाको मासु स्वादिष्ट र खँदिलो हुने हँुदा बजारको समस्या नभएको कृषक बिना केसीले बताउनुभयो । उहाँका अनुसार वयर जातको बोकाको क्रसबाट स्थानीय बाख्राले समेत तीन वटासम्म पाठापाठी जन्माउने गरेको र ती पाठापाठी पाँच महिना पछि रू १८ हजारमा बिक्री हुने गरेको छ ।

स्थानीय जातका बाख्रामा नस्ल सुधार गरी बढीभन्दा वढी आम्दानी गर्न कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ जिल्ला पशु सेवा कार्यालयले यस्तो कार्यक्रम गरिरहेको पशु चिकित्सक नीमबहादुर सिंहले बताउनुभयो । खाद्य सुरक्षा परियोजनाअन्तर्गत जिल्लामा ७१ वटा बाख्रापालन समूह, पाँचवटा भँैसीपालन समूह, दुईवटा डेरी र २४ वटा नमूना बगैँचा कार्यक्रम सञ्चालनमा रहेका छन् । साबिकका लिवाङ, गजुल, जंकोट, वडाचौर, जैमाकसला, कोर्चवाङ, घर्तीगाउँ, जुगार, गैरीगाउँ र बुढागाउँ गाविसमा उक्त कार्यालयले खाद्य सुरक्षा कार्यक्रम कार्यान्वयन गरिरहेको कार्यक्रमका जिल्ला प्राविधिक अधिकृत विजय देवकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu