ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पका पूर्व सहयोगी पल म्यानफोर्ट ४७ महिना जेल सजाय


admin
२५ फाल्गुन २०७५, शनिबार   १० : ५०   बजे

एजेन्सी,२५ फागुन । संयुक्त राज्य अमेरिकाको भर्जिनियास्थित एउटा अदालतले बिहीवार राष्ट्रपति डोनल्ड ट्रम्पका भूतपूर्व सहयोगी पल म्यानफोर्टलाई बैंक ठगी र कर हिनामिनाको अभियोगमा ४७ महिनाको जेल सजाय सुनाएको छ । 

उहाँ ट्रम्पको सन् २०१६ मा सम्पन्न राष्ट्रपतीय निर्वाचन अभियान प्रमुख हुनुहुन्थ्यो । गत वर्ष अदालतले म्यानफोर्टले युक्रेनमा राजनीतिक परामर्शबाट कमाएको दशौँ लाख डलर लुकाएको ठहर गरेको थियो । 

राष्ट्रपतीय निर्वाचनका बेला ट्रम्प र रुसको सम्बन्धबारे एउटा छानबिन सुरु भएपछि उहाँविरुद्ध ती अभियोगहरू लगाइएको थियो । म्यानफोर्टले दुई करोड ४० लाख डलर क्षतिपूर्ति र ५० हजार डलर जरिवाना तिर्नुपर्ने फैसला अदालतले सुनाएको छ । 

बिहीवार साँझ अदालतमा उपस्थित भएका म्यानफोर्टले विगत दुई वर्ष आफ्नो जीवनको सबैभन्दा कठिन समय भएको बताउनुभएको थियो । आफू अपमानित र लज्जित भएको भन्दै उहाँले न्यायाधीशलाई आफूप्रति सहानुभूति राख्न अनुरोध गर्नुभएको थियो । उहाँले आफ्नो जीवन व्यावसायिक र आर्थिक रूपमा भद्रगोल भएको पनि स्वीकार गर्नुभयो । 

तर न्यायाधीश टीएस एलिसले म्यानफोर्टले अनुचित गतिविधिमा संलग्न भएर पनि पश्चात्ताप नगरेकोमा आश्चर्य व्यक्त गरेका सञ्चारमाध्यममा जनाइएकोे छ । 

उहाँमाथि लागेका अन्य १० अभियोगलाई भने अदालतले खारेज गरिदिएको छ । अमेरिकाको न्याय मन्त्रालयका विशेष अनुसन्धानकर्ता रोबर्ट म्युलरले २२ महिनाअघि ट्रम्प र रुसको सम्बन्धबारे थालेको अनुसन्धान सम्पन्न हुन लागेको ठानिएको छ । तर म्युलरले गरेको छानबिनका आधारमा म्यानफोर्टलाई कुनै अभियोग लगाइएको थिएन । 

न्यायाधीशले म्यानफोर्ट रुससँग मिलेको भन्ने विषयसँग अहिलेको मुद्दाको सम्बन्ध नभएको बताएका सञ्चारमाध्यमहरूले जनाएका छन् । म्युलरले आफ्नो प्रतिवेदन चाँडै महान्यायाधिवक्तालाई बुझाउने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘निःशुल्क भिसा–टिकट’ व्यवस्था पुनरावलोकन गर्दै सरकार, व्यावहारिक शुल्क तोक्ने तयारी

बिरामीको चाप बढ्यो, जनशक्ति अभावले स्याङ्जा प्रदेश अस्पताललाई चुनौती

सम्बन्धित

अन्तर्राष्ट्रिय रूपमा चर्चित ट्राओरेमाथि बुर्किना फासोमा किन उठ्दै छ प्रश्न ?

बिहारको ‘भाजपा गढ’मा प्रशान्त किशोरको ऐतिहासिक जित : जातीय राजनीतिलाई चुनौती ?

पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना

इजिप्टमा ५ म्याग्निच्युडको भूकम्प

ट्रम्पको इरान सम्बन्धी घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट, सुनको अवस्था के छ ?

रुसका सैन्य र ऊर्जा पूर्वाधारमा युक्रेनको लामो दूरीको आक्रमण, ८ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu