ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सडक किनाराका ३७ घरधुरीले मुआब्जा बुझे


admin
२० आश्विन २०७४, शुक्रबार   १२ : ५२   बजे

चितवन, १९ असोज ।  नारायणगढ–मुग्लिन सडक किनारामा बसोबास गरिरहेका ३७ घरधुरीले मुआब्जा बुझेका छन् ।

उक्त स्थानमा पहिरोको उच्च जोखिममा परेका ४५ वटा घर स्थानान्तरणको प्रक्रिया अन्तर्गत पहिलो किस्ताको मुआब्जा वितरणको प्रक्रिया थालिएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनले दिएको जानकारीअनुसार पहिलो चरणको मुआब्जा वितरणको काम अन्तिमचरणमा पुगेको छ । उनीहरुलाई दुई किस्तामा गरी मुआब्जा वितरण गरिँदै छ । पहिलो किस्ता मूल्यांकनको ३३ प्रतिशत र दोस्रो किस्तामा ६६ प्रतिशत रकम वितरण गर्ने योजना रहेको छ ।

अहिलेसम्म ४५ घरमध्ये ३७ घरपरिवारले मुआब्जाबापतको रकम लिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँकाअनुसार हालसम्म रु ३७ लाख ७३ हजार २५ वितरण गरिसकिएको छ । पहिलो चरणको मुआब्जा वितरणका लागि बाँकी रहेका – ८ घरको रु १० लाख ३२ हजार ८४२ पनि तिहार अघि नै वितरण गरिने उहाँले जानकारी दिनुभयो ।

मुआब्जा निर्धारण समितिले गठन गरेको उपसमितिका संयोजक समेत रहनुभएका शर्माले पहिलो चरणको ३३ प्रतिशत रकम बुझिसकेपछि बाँकी रकम भुक्तानी लिन आउँदा सडक छेउमा रहेको घर टहरा उठाइसकेको प्रमाण लिएर आउनुपर्ने बताउनुभयो । उहाँका अनुसार ती घरपरिवारलाई समितिले रु एक करोड ४४ लाख १४ हजार ६०६ मुआब्जा निर्धारण गरेको छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार ४५ वटा घर, गोठ, शौचालय, पसल लगायतको मुआब्जा १ करोड ४४ लाख १४ हजार ६ सय ६ रुपैयाँ निर्धारण गरिएको छ । विश्व बैंकको सहयोगमा सडक निर्माण भईरहेकाले अहिले भएको संरचना भन्दा स्तरीय संरचना निर्माण गर्न बजेट पुग्ने गरी मुआब्जा निर्धारण गरिएको मुआव्जा निर्धारण उपसमितिका संयोजक शर्माले बताउनुभयो ।

यसका अतिरिक्त विस्थापन भत्ता प्रतिघर रु २० हजार, अर्को घर नवन्दा सम्मका लागि भाडा रकम रु १० हजार, हाल व्यवसाय भए अर्को व्यवसाय नथालेसम्मका लागि रु १० हजार र दलित जनजाति भएमा थप रु १० हजार समेत दिईने व्यवस्था छ । त्यसका लागि मात्र रु २० लाख ८० हजार रुपैयाँ बितरण गरिर्दै छ ।

सडक बिस्तारका क्रममा ठाउँठाउँमा पहिरो खसेको र कतिपय ठाउँमा सडक चौडा बनाउँदा उनीहरुलाई स्थानान्तरण गर्नु परेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी भ्रमणमा प्रधानमन्त्री बालेन : पोखराबाट मुस्ताङसम्मको पारिवारिक यात्रा

देउवाको चुनदेवी ‘कमब्याक’ : टिकट खोसियो, सभापति पद गयो, तर देउवाको शक्ति सकिएन !

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Russian Orthodox Leader Condemns Ukrainian Drone Strike on Church

Navy Son’s Return Delayed As Father Detained By Border Patrol

China’s Foreign Minister Meets With Jordanian Counterpart During Royal Visit

Retired U.S. Teacher Reconnects with Chinese Friend After Decades, Revives Desert Greening Effort

Two Children Killed in Drone Strike on Russian Childcare Center

निजी भ्रमणमा प्रधानमन्त्री बालेन : पोखराबाट मुस्ताङसम्मको पारिवारिक यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu