एजेन्सी,२९ फागुन । हङकङ बजारमा सुनको मूल्यमा बुधबार सामान्य वृद्धि भएको छ । बजारमा प्रति ३७ ग्राम (एक टायल) सुनको मूल्य १२ हजार २१० हङकङ डलर (करिब एक हजार ५५६ अमेरिकी डलर) मा किनबेच भएको छ ।
चिनीया सुन तथा चाँदी एक्सचेन्ज सोसाइटीका अनुसार बुधबार प्रति ३७ ग्राम सुनको मूल्यमा ८८ हङकङ डलरले वृद्धि भएको हो । बुधबार एक अमेरिकी डलर ७.८५ हङकङ डलरमा किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्