ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रविधि कम्पनीहरु मार्फत जासुसी गरिएको छैन : चिनिया प्रधानमन्त्री


admin
१ चैत्र २०७५, शुक्रबार   ५ : १०   बजे

एजेन्सी,१ चैत ।  चीनका प्रधानमन्त्री ली खछ्याङले आफ्नो मुलुकका प्रविधि कम्पनीहरुलाई विदेशमा जासुसी गर्न प्रयोग नगरिएको बताउनुभएको छ । उहाँले विदेशी र देशभित्रका प्रतिस्पर्धी कम्पनीहरुलाई समान रुपमा व्यवहार गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो । 

वासिङ्टन र युरोपसँग प्रविधि, बजारको पहुँच तथा अरु विवादित विषयमा जारी तनाव कम गर्न चीनले उच्च नेतृत्वबाटै प्रयास गरिरहेको छ । 

बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री खछ्याङले भन्नुभयो, “चीनले कसैप्रति भेदभाव राख्दैन । हामी त्यस्तो काम गर्दैनौं र भविष्यमा पनि गर्ने छैनौं ।” पश्चिमा मुलुकको सुरक्षा चासोलाई सम्बोधन गर्न उच्चस्तरीय प्रयासकै कडीका रुपमा प्रधानमन्त्री खछ्याङको यस्तो भनाई आएको हो । 

संयुक्तराज्य अमेरिका, अस्ट्रेलिया र अरु केही मुलुकले हुवावे समेतका चिनीया फर्मका प्रविधि आफ्नो देशमा प्रयोगमा निषेध गरेका छन् । यी कदमले हुवावेको बजार विस्तारमा ठूलो दबाब सिर्जना भएको छ । हुवावेले पछिल्लो समय पाँचौं पुस्ताको दूरसंचार प्रविधि सार्वजनिक गर्न अर्बौं डलर लगानी पनि गरिसकेको छ । 

हुवावेले पनि चीन सरकारका निम्ति जासुसी गरेको भन्ने पश्चिमा मुलुकको आरोपको पटकपटक खण्डन गरिसकेको छ । हुवावेका संस्थापकले पनि विदेशी ग्राहकका गोपनीय कुराहरु चीन सरकारलाई उपलब्ध नगराइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

राष्ट्रपति सी चिनफिङको सरकारमाथि तीन दशककै तुलनामा सबैभन्दा न्यून आर्थिक वृद्धि भएसँगै संयुक्तराज्य अमेरिका, युरोप र अरु प्रमुख बजारसँगको व्यापार सम्बन्धलाई सुधार गर्न दबाब बढेको छ । चीनको आर्थिक वृद्धि गत वर्ष तीन दशकयताकै सबैभन्दा न्यून अर्थात् ६.६ प्रशित भएको थियो । अन्य कतिपय क्षेत्रका कृयाकलाप पनि सुस्त हुन थालेको छ । चिनिया सामानको निर्यात घटेको छ भने सवारी साधनको बिक्रीमा मन्दी छाएको छ । 

चीनका प्रधानमन्त्री लीले भन्नुभयो, विदेशी लगानीका निम्ति बढीभन्दा बढी उद्योगहरुलाई खुला गर्न चीन तयार छ । तर उहाँले यस बारेमा विस्तृत विवरण दिन अस्वीकार गर्नुभयो । 

“हामी तटस्थताको सिद्धान्तप्रति अडिग छौं र स्वदेशी एवं विदेशी कम्पनीहरुलाई समान व्यवहार गर्नेछौं,” प्रधानमन्त्री खछ्याङले बताउनुभयो । 

चीनको जनकङ्ग्रेसले अमेरिकासँगको करवृद्धि युद्धलाई मत्थर बनाउने उद्देश्यले वैदेशिक लगानीको संरक्षण सम्बन्धी एउटा कानुन पनि पारित गरेको छ । नयाँ कानुनमा प्रविधि हस्तान्तरण गर्न चिनिया अधिकारीले कम्पनीहरुमाथि दबाब दिन नपाइने व्यवस्था गरिएको छ । 

“यो कानुनले विदेशी लगानीकर्ताको अधिकार र सरोकारलाई संरक्षण गर्नेछ, र अरु बढी विदेशी लगानी भित्र्याउन सकारात्मक वातावरण तयार गर्न सहयोग गर्नेछ,” प्रधानमन्त्री खछ्याङले भन्नुभयो । पछिल्लो कानुनी व्यवस्थाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चित्त बुझ्छ वा बुझ्दैन भन्ने स्पष्ट भइसकेको छैन । 

अमेरिकी र चिनिया मध्यस्थकर्ताहरु अहिले दुई देशबीचका व्यापारिक असमझदारी हटाएर नयाँ सम्झौता गर्नेगरी वार्तामा जुटिरहेका छन् तर औपचारिक सम्झौताको मिति अझै टुङ्गो लागेको छैन । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी चिनफिङको उपस्थितिमा व्यापार सम्झौता हुने अमेरिकी राष्ट्रपतिले बताइरहनुभएको छ । राष्ट्रपति ट्रम्पले दुई मुलुकबीचका धेरैजसो असमझदारी सुल्झिसकेको बताउँदै ठोस सम्झौता हुनेमा आफू पूर्ण आश्वस्त रहेको बताउनुभयो । 

चीनले पनि व्यापार वार्ता निकै सकारात्मक रहेको र चाँडै निष्कर्षमा पुग्ने चिनिया समाचार संस्था सिन्ह्वाले चिनिया अधिकारीहरुको भनाई उद्धृत गर्दै उल्लेख गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘निःशुल्क भिसा–टिकट’ व्यवस्था पुनरावलोकन गर्दै सरकार, व्यावहारिक शुल्क तोक्ने तयारी

बिरामीको चाप बढ्यो, जनशक्ति अभावले स्याङ्जा प्रदेश अस्पताललाई चुनौती

सम्बन्धित

अन्तर्राष्ट्रिय रूपमा चर्चित ट्राओरेमाथि बुर्किना फासोमा किन उठ्दै छ प्रश्न ?

बिहारको ‘भाजपा गढ’मा प्रशान्त किशोरको ऐतिहासिक जित : जातीय राजनीतिलाई चुनौती ?

पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना

इजिप्टमा ५ म्याग्निच्युडको भूकम्प

ट्रम्पको इरान सम्बन्धी घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट, सुनको अवस्था के छ ?

रुसका सैन्य र ऊर्जा पूर्वाधारमा युक्रेनको लामो दूरीको आक्रमण, ८ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu