ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजु मास्टर र बल्छी धुर्वेले छोडे मेरी बास्सै


एबीसी न्यूज
११ चैत्र २०७५, सोमबार   ९ : ०७   बजे


पोखरा, ११ चैत नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको लोकप्रिय हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ बाट कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्वे) र राजु पौडेल (राजु मास्टर) अलग भएका छन् ।

मरिचमान श्रेष्ठले आफ्नो फेसबुकमा स्टाटस लेख्दै मेरी बास्सैबाट अलग भएको घोषणा गरेका हुन् । स्टाटसमा मरिचमानले कार्यक्रम उत्पादक मिडिया हबसँग विविध विषयमा सहमति नभएपछि अलग हुने निर्णय गरेको बताएका छन् । मरिचमान श्रेष्ठ र राजु पौडेलले नै मेरी बास्सैको लेखन तथा निर्देशन गर्दै आएका थिए ।

‘हामी मेरी बास्सैसँगै अन्य केही प्रोजेक्टको तयारीमा थियौँ । मिडिया हबका प्रमुख सोम धितालले ‘मेरी बास्सै’मा मात्रै केन्द्रित हुनुस, कि छोड्नुस भन्नुभयो । हामीले छाड्ने निर्णय लियौँ’ पौडेलले भने । यसअघि मिडिया हबले समयमा पैसा नदिँदा बारम्बार हास्य टेलिश्रृंखलाहरु अवरुद्ध हुने र कलाकारहरुले छोड्ने गरेका थिए । तर अहिले भने पैसाका कारण नभएको कलाकार राजु पौडेल बताउँछन् ।

मेरी बास्सैको सुरुवात सीताराम कट्टेल (धुर्मुस) र केदार घिमिरे (माग्ने बुढा) ले गरेका थिए । उनीहरुले छोडेपछि मेरी बास्सैको लेखन तथा निर्देशनको जिम्मा राजु मास्टर र बल्छी धुर्वेले पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डा. गोविन्द केसीसँग भएको ७ बुँदे सहमतिमा के छ ?

जनकपुरमा प्रधानमन्त्रीको तस्वीर जलाइयो

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu