ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री ओली


एबीसी न्यूज
१२ चैत्र २०७५, मंगलबार   ७ : ५९   बजे

काठमाडौ, १२ चैत ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको विकासलाई सरकारले उच्च प्राथमिकतामा राख्ने बताउनुभएको छ । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेशका सांसदसँग आज सिंहदरबारमा भएको अन्तक्र्रियामा उहाँले गतबर्षको बजेट विनियोजनमा कर्णालीका महत्वपूर्ण योजना छुटेको बताउँदै आगामी बजेटमा कर्णालीलाई प्राथमिकतामा राखिने बताउनुभयो । 

“गत वर्ष कर्णाली प्रदेशका जिल्लालाई योजना र बजेट दिन छुटेको सही हो तर यसपाली त्योक्रम दाहोरिँदैन”, उहाँले भन्नुभयो, “सरकारले कर्णाली प्रदेशको विकासलाई उच्च प्राथमिकतामा राख्छ ।” प्रधानमन्त्री ओलीले जनसङ्ख्याका आधारमा मात्र स्रोतको परिचालन भन्ने कुरा जायज नभएको भन्दै कर्णालीमा भूगोलका आधारका स्रोत परिचालन गरिने जानकारी गराउनुभयो । 

“कर्णालीको भूगोलको विशिष्टता बेग्लै छ”, उहाँले भन्नुभयो, “यस भूगोललाई विशेषरुपमा बजेट विनियोजन गरेर विकासको मूल प्रवाहमा ल्याउनु पर्दछ ।” कर्णाली सम्भावनायुक्त प्रदेश भएकाले देशको विकास र समृद्धिमा यस प्रदेशको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो । “यहाँको खनिज, जलस्रोत, जडीबुटीको उपयोगका लागि पनि यस प्रदेशको विकासमा सबैको ध्यान जानु जरुरी छ” उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले कर्णालीको समग्र विकास र जिल्लागत विकासका आयोजनाको विवरण वैशाखको पहिलो हप्ताभित्र आफूलाई र सम्बन्धित मन्त्रालयलाई उपलब्ध गराउन सांसदलाई निर्देशनसमेत दिनुभयो । 

प्रधानमन्त्री ओलीलाई भेट्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा सांसद जनार्दन शर्मा ‘प्रभाकर’को नेतृत्वमा एक टोली गएको थियो । मुगुबाट निर्वाचित सांसद गोपाल वमले सबै जिल्लाका सांसदले कर्णाली प्रदेशको विकासका लागि सरकारको ध्यान जानुपर्ने माग गरिएको बताउनुभयो । 

उहाँका अनुसार सबै सांसदले चालू आर्थिक वर्षमा पनि कर्णाली प्रदेशका जिल्लामा बजेट कम गएकाले विकासले गति लिन नसकेको बताउनुभएको थियो । उहाँले आगामी बजेट र नीतिबाट कर्णालीलाई समृद्ध बनाउन सबै सांसदले प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group