एजेन्सी,१७ चैत । चीनमा महिलाले जन्माएका जुम्ल्याहा बच्चाहरुको पिता फरक फरक रहेको पाइएको छ । बच्चाको डिएनए परीक्षण गर्दा ती दुई बच्चाका पिता फरक फरक भएको खुलेपछि महिलाले आफ्नो अवैध सम्बन्ध स्वीकार गरेकी छन । यस्तो कुराको खुलासा हुँदा डाक्टर पनि अचम्मित परेका छन् ।
जब दम्पती आफ्नो बच्चाको दर्ताका लागि शियामेन प्रहरीकहाँ गए, त्यसपछि यो घटना सार्वजनिक भएको हो । डीएनए परीक्षपछि महिलाले आफ्नो श्रीमानलाई धोका दिएर अन्य पुरुषसँग सम्बन्ध राखेको खुलासा भएको हो । श्रीमानलाई यो विषयको जानकार हुने बित्तिकै उनले श्रीमतीसँग सोधपुछ गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्