ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वन पैदावर बिक्रीबाट सामुदायिक वनको पचास लाख आय


admin
२३ आश्विन २०७४, सोमबार   १२ : १४   बजे

कञ्चनपुर, २३ असोज । वन पैदावार बिक्री गरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मा रहेको वातावरण मध्यवर्ती सामुदायिक वनले वार्षिक रुपमा रु ५० लाख आय गर्दै आएको छ ।

सामुदायिक वनले बाँस, काठ, अदुवा, बेसार, कागती, आँप र अन्य वनपैदावार बिक्री गरी आम्दानी गर्दै आएको हो । दुई हजार बाँसका बिरुवाबाट मात्रै सामुदायिक वनले वार्षिकरुपमा रु पाँच लाख आम्दानी गर्दै आएको छ ।

कागतीका पाँच हजार र आँपका ७०० रुखलाई वार्षिक रुपमा रु एकलाख ६५ हजार दिने गरी ठेक्का दिई आम्दानी गरिँदै आएको सामुदायिक वनका सचिव लोकेन्द्रराज जोशीले बताउनुभयो ।

“काठ, अदुवा, बेसार र ढुंगा उपभोक्तालाई न्यून शुल्कमा बिक्री गरी अन्य आम्दानी हुँदै आएको छ” उहाँले भन्नुभयो । सामुदायिक वनले गरेको आम्दानीमध्ये रु ३५ लाख रकम खर्चेर जंगली जनावर बस्तीमा छिर्न नदिनका लागि यस वर्ष झण्डै डेढ किलोमिटर क्षेत्रमा तारबार गरेको छ ।

“स्थानीय सडकमा ग्राभेल हाल्न, विद्यालयलाई कम्प्युटर, मन्दिर निर्माण गर्न र स्वास्थ्य चौकी भवन निर्माणका लागि आवश्यक रकम उपलब्ध गराएका छौँ” सामुदायिक वनका अध्यक्ष पुष्करबहादुर सिंहले भन्नुभयो ।

सामुदायिक वनले अर्को वर्ष पिकनिक स्पट निर्माण गर्ने, नर्सरी व्यवस्थापन गर्ने, पर्यटकीय क्षेत्रका रुपमा सामुदायिक वनलाई विकास गर्ने, असहायलाई सहयोग रकम निरन्तर उपलब्ध गराउने र रोजगारीका अवसर सिर्जना गर्नमा भूमिका खेल्ने खालका कार्यक्रम ल्याउनका लागि योजना अघि सारेको छ ।

चार सय हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनमा एक हजार २०० उपभोक्ता आश्रित रहेका छन् । सामुदायिक वन विसं २०५४ मा स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group