ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माल्दिभ्स्मा पूर्व राष्ट्रपति यमिनलाई हटाइएपछि आज पहिलो पटक संसदीय निर्वाचन


admin
२३ चैत्र २०७५, शनिबार   ३ : २९   बजे

एजेन्सी,२३ चैत । माल्दिभ्स्मा आज शनिबार संसदीय निर्वाचन भएको छ । पूर्व राष्ट्रपति अब्दुल्ला यमिनलाई जबरजस्ती हटाइएपछि आज पहिलो पटक निर्वाचन भएको हो ।

यस निर्वाचनमा पूर्व राष्ट्रपति मोहमद नशिद सवै भन्दा उच्च ओहदाका उम्मेदवार हुनुहुुन्छ । आजको निर्वाचनबाट पिपल्स मज्लिस भनिने संसदका लागि ८७ जना निर्वाचित हुनेछन् ।

गत सेप्टेम्बरमा भएको निर्वाचनमा नशिदकै पार्टीका अर्का नेता मोहम्मद इब्राहिम सोलिह विजयी भई यमिन पराजित भएपछि यमिनलाई निर्वासनमा हुनुहुन्थ्यो । अहिले भने उहाँ स्वदेश फर्किनु भएको छ ।

सोलिहले आइतबारको निर्वाचनबाट उहाँको पार्टी माल्दिभीयन डेमोक्र्याटीक पार्टी (एमडीपी) अत्यधिक मतका साथ विजयी हुने दाबी गर्नुभयो । “मैले जोड दिएर भन्न चाहन्छु की, नयाँ संसदमा पनि हाम्रो उपस्थिति सशक्त हुनेछ, त्यो संसदले आफ्नो निती र कामहरुलाई पूर्ण समर्थन गर्ने अपेक्षा गरिएको छ,” बिहीबार राती आयोजित चुनावी सभामा सोलिहले भन्नु भएको थियो ।

नयाँ संसदमा नशिदको नै सवै भन्दा मुख्य भूमिका हुने अनुमान गरिएको छ । पूर्वराष्ट्रपति यमिन शक्तिमा भएका बेला नशिदलाई विवादास्पद आतङ्कवाद सम्वन्धी मुद्धा लगाएर १३ वर्षे जेल सजाय सुनाइएको थियो । गत वर्ष राष्ट्रपति परिवर्तन भएपछि उहाँलाई दिएको जेल सजाय रद्द गरेर रिहा गरिएको थियो ।

सेम्टेम्बरमा भएको निर्वाचनको बेला तत्कालिन विपक्षी दलका नेताहरु जेलमा वा निर्वासनमा रहेका कारण सोलिहबाहेक अन्य विपक्षी नेताहरु चुनावी मैदानमा थिएनन् । सोलिह निर्वाचित भएपछि उहाँले राजनीतिक बन्दीहरूलाई तत्काल जेलमुक्त गराउनु भएको थियो । त्यही अनुसार नशिद जेलमुक्त हुनुभएको हो ।

त्यो चुनावमा धाँधली भएको दाबी गर्दै तत्कालिन राष्ट्रपति यामिनले सुरुमा नतिजा अस्विकार गर्नु भएको थियो । तर अदालतले पनि निर्वाचनमा धाँधली नभएको फैसला गरेपछि उहाँ विपक्षी बन्न बाध्य हुनु भएको थियो । अहिलेको सलिह नेतृत्वको सरकारले यमिनलाई अनेक मुद्धा लगाएको छ । माल्दिभ्समा पछिल्लो समय एक अर्का प्रतिको प्रतिशोधको राजनीति चर्किदै गएकाले राजनीतिक स्थिरता कायम हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मेहताका परिवारसँगको छलफल ‘सकारात्मक’, भोलि फेरि बस्ने

‘वातावरण निरीक्षक’को योग्यतामा विवाद, विज्ञले भने– वातावरण विज्ञानको मर्म कमजोर पार्ने प्रस्ताव

सम्बन्धित

अन्तर्राष्ट्रिय रूपमा चर्चित ट्राओरेमाथि बुर्किना फासोमा किन उठ्दै छ प्रश्न ?

बिहारको ‘भाजपा गढ’मा प्रशान्त किशोरको ऐतिहासिक जित : जातीय राजनीतिलाई चुनौती ?

पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना

इजिप्टमा ५ म्याग्निच्युडको भूकम्प

ट्रम्पको इरान सम्बन्धी घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट, सुनको अवस्था के छ ?

रुसका सैन्य र ऊर्जा पूर्वाधारमा युक्रेनको लामो दूरीको आक्रमण, ८ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu