ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा भोलि निर्वाचन : चुनाव कसले जित्ला ?


admin
२७ चैत्र २०७५, बुधबार   ४ : ३७   बजे

एजेन्सी,२७ चैत । काँग्रेसका आरोप प्रधानमन्त्री र भाजपासँग कुनै एजेण्डा नभएको भनिए पनि प्रमुख विपक्षी काँग्रेस पनि विपक्षीको हैसियतभन्दा कमजोर अवस्थाबाट गुज्रिएको छ ।

अघिल्लो निर्वाचन पछि केही विधान सभाका निर्वाचनहरुबाट आफूलाई थोरै सुधारेको देखाएको भए पनि कङ्ग्रेसले पनि आसन्न निर्वाचनमा आफैँ या आफ्नो गठबन्धनले निर्वाचन जित्ने र सरकार निर्माण गर्न सक्ने अवस्था अहिले नै देखिँदैन । कङ्ग्रेस र उसको गठबन्धनले जितेमा प्रधानमन्त्री को हो भन्ने बारेमा अहिले नै स्पष्ट बाहिर आउन नसक्नुलाई पनि कङ्ग्रेसको कमजोर अवस्थाकारुपमा हेर्न सकिन्छ ।

पछिल्लो समय सोनिया गान्धीकी छोरी प्रियंका गान्धीको चर्चाले त्यहाँको निर्वाचन अभियानमा केही तताएको छ । त्यस्तै कतिपय चर्चित कलाकारहरु पनि कङ्ग्रेसबाट निर्वाचन उठ्नेमा दर्ज भएका छन् ।

यसको माहौल पनि त्यत्तिकै छ । तर पनि यत्तिले मात्र कङ्ग्रेसको पक्षमा माहौल बनाउन पूरै रुपमा सघाउँछ भन्न सकिँदैन । सोनियाको आकर्षण देखिए पनि राहुलको विश्वसनीय र परिपक्व चुनावी वातावरण बन्न सकेको देखिन्न ।

अनि नेतृत्वबाट भाजपाका विरुद्ध राष्ट्रलाई स्पष्ट र भरपर्दाे नेतृत्व एवम् एजेण्डा दिनसक्ने जस्तो अहिले नै देखिँदैन । कङ्ग्रेसलाई सधैँ लाग्ने नै गरेका आरोपहरु जस्तो परिवारवादी, पुरातनपन्थी, हिन्दूधर्म विरोधी आरोप अहिले पनि लागेकै छ । जुन कुराहरु अहिले पनि भाजपाका एजेण्डा नै बनेका छन् ।

त्यसैले यी सबै माथिका अवस्था र परिस्थितिहरुको मिहिन विश्लेषण गरी हेर्दा भारतमा अहिलेको सत्ता राजनीतिमा आगामी निर्वाचनले आमूल परिवर्तन ल्याउँछ भन्न सकिँदैन । अहिले जे जस्ता प्रश्न उठेको भए पनि अर्काे नेतृत्वमा पनि भाजपाकै सम्भावना बढी देखिन्छ । तर पनि अहिलेको जस्तो स्पष्ट बहुमत नल्याए पनि सरकार निर्माण गर्नसक्ने सामान्य बहुमतमा भाजपाको गठबन्धन नै अगाडि देखिन्छ ।

जनसंख्या र भूगोलकै हिसाबले विश्वको ठूलो प्रजातन्त्र ठानिने भारतमा हुन लागेको यस आमनिर्वाचनको चासो भारतमा मात्र सीमित हँुदैन, यसको हारजितले सिङ्गो दक्षिण एसियालाई नै कुनै न कुनै रुपमा प्रभाव पार्न खोज्दछ । यसकारण पनि भारतको चुनावी चर्चा बढी नै हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मेहताका परिवारसँगको छलफल ‘सकारात्मक’, भोलि फेरि बस्ने

‘वातावरण निरीक्षक’को योग्यतामा विवाद, विज्ञले भने– वातावरण विज्ञानको मर्म कमजोर पार्ने प्रस्ताव

सम्बन्धित

अन्तर्राष्ट्रिय रूपमा चर्चित ट्राओरेमाथि बुर्किना फासोमा किन उठ्दै छ प्रश्न ?

बिहारको ‘भाजपा गढ’मा प्रशान्त किशोरको ऐतिहासिक जित : जातीय राजनीतिलाई चुनौती ?

पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना

इजिप्टमा ५ म्याग्निच्युडको भूकम्प

ट्रम्पको इरान सम्बन्धी घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट, सुनको अवस्था के छ ?

रुसका सैन्य र ऊर्जा पूर्वाधारमा युक्रेनको लामो दूरीको आक्रमण, ८ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu