एजेन्सी,१ बैशाख । विश्वकै सबैभन्दा ठूलो विमानले अमेरिकाबाट पहिलो उडान भरेको छ । ३ सय ८५ फिट लम्बाई भएको यो बिमानको आकार अमेरिकी फुटबल मैदान बराबरको रहेको छ ।
यस बिमानमा दुईवटा एअरक्राफ्ट बडी एकआपसमा जोडिएका छन् भने विमानमा ६ वटा इन्जिन छन् । स्ट्रेटोलन्च नामक कम्पनीअन्तर्गतको माइक्रोसफ्टका सहसंस्थापक पल एलनले सन् २०११ मा बनाएको यो बिमानले अहिले पहिलो उडान भरेको हो ।
अन्तरिक्षमा सेटेलाइट छोड्नु अघि १० किलोमिटरसम्म उडान गर्ने उद्देश्यका साथ यो विमान निर्माण गरिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्