ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धितोपत्र बजारमा शेयरको मूल्यमा उच्च अङ्कले वृद्धि


admin
१४ बैशाख २०७६, शनिबार   ५ : ०९   बजे

काठमाडौं,१४ बैशाख । नयाँ वर्षको शुरुसँगै धितोपत्र बजारमा शेयरको मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ । कारोवार रकममा समेत उच्च वृद्धि भएको छ ।

शेयर बजारले लय समातेको पाइएको छ । आइतबार कारोवार मापक नेप्से परिसूचक ३१.८९ विन्दुले बढेर एक हजार २६४.२० विन्दुमा पुग्यो । स्टकका अनुसार सो दिन कूल १७१ कम्पनीको ३३ लाख ७५ हजार १५३ कित्ता शेयर रु एक अर्ब तीन करोड ६९ लाख ३२ हजार ७३२ मूल्यमा खरीद–बिक्री भए ।

बजार पूँजीकरणमा समेत वृद्धि भई रु १५ खर्बमाथि पुग्यो । लगातार उकालो लाग्दै आएको शेयर बजार सोमबार भने बिराम लाग्यो । सो दिन कारोवार मापक नेप्से परिसूचक ७.२६ बिन्दुले घटेर एक हजार २५६.९४ बिन्दुमा झ¥यो ।

उक्त दिन कूल १६८ कम्पनीको ३२ लाख ५९ हजार ४९६ कित्ता शेयर रु एक अर्ब चार करोड ६० लाख ३९ हजार मूल्यमा खरीद बिक्री भए । मङ्गलबार नेप्से परिसूचक ३.७४ विन्दुले बढेर एक हजार २६० विन्दुमा पुग्यो । सो दिन कूल १७६ कम्पनीको १८ लाख एक हजार ५२२ कित्ता शेयर रु ६१ करोड ४१ लाख ४७ हजार ४११ मूल्यमा कारोवार भए ।

मङ्गलबार झिनो अङ्कको सुधार आएको शेयर बजार बुधबार भने दोहोरो अङ्कले वृद्धि भएको छ । बुधबार कारोवार मापक नेप्से परिसूचक १९.१४ विन्दुले बढेर एक हजार २७९.२९ विन्दुमा पुग्यो ।

यस्तै साताको अन्तिम दिन बिहीबार शेयर बजार दोहोरो अङ्कको वृद्धि भयो । कारोवार मापक नेप्से परिसूचक १२.८३ विन्दुले बढेर एक हजार २९२.१२ विन्दुमा पुगेको छ । कूल १७६ कम्पनीका ४५ लाख १९ हजार ५८२ कित्ता शेयर रु एक अर्ब ३५ करोड ७५ लाख ५४ हजार २२१ मूल्यमा खरीद बिक्री भए ।

साताभर बजारमा वाणिज्य बैंककै दबदबा कायम रह्रयो । नेपाल बैंक लिमिटेड, जनता बैंक, प्रभु बैंक, एनसिसी बैंक, सिभिल बैंक, ग्लोबल आइएमइ बैंकलगायतका वाणिज्य बैंकको शेयर अग्रस्थानमा रह्यो । यस साता लक्ष्मी बैंकको ६९ लाख ८८ हजार ४१६ कित्ता बोनस शेयर स्टकमा सूचीकृत भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अविरल वर्षाले देशभरका मुख्य राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध

विशेष कारणले राष्ट्रिय सभा बैठक स्थगित, साउन २७ गते बस्ने

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu