वैशाख, २२ काठमाडौं । प्रदेश १ को स्थायी राजधानी विराटनगर नै कायम हुने भएको छ । नेकपा संसदीय दलको बैठकले प्रदेश राजधानी विराटनगरमा राख्ने निर्णय गरेको हो ।
प्रदेशसभाको बर्खे अधिवेशनले टुङ्ग्याउन नसकेपछि हिउँदे अधिवेशनबाट टुङ्ग्याउने दाबी गरिएको थियो । प्रदेशको राजधानीको दाबी विराटनगर, इटहरी, गोठगाउँ, धरान र धनकुटाले गर्दै आएको थियो । त्यसमा पनि इटहरी र धनकुटा आन्दोलित बन्दै आएको थियो । वृहत् विराट क्षेत्रमा इटहरी भने समावेश गरिएको छ ।
जसलाई वृहत् विराट क्षेत्र अन्तर्गत अटाइएको छ । तर, प्रदेशको नाम थाँती राखिएको छ । संसदीय दलको निर्णयबारे जानकारी दिँदै प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले भने ‘राजधानी विराटनगर रहने कार्यपालिका, व्यवस्थापिकालगायतका संरचना इटहरी विराटनगर सुन्दरहरैंचा आसपास संरचना निर्माण गर्ने निर्णय भएको छ ।
अब यससम्बन्धी प्रस्ताव प्रदेशसभामा दर्ता गर्ने नेकपाले जनाएको छ ।
प्रदेशको राजधानी प्रदेशसभाको दुई तिहाइ बहुमतले टुंगो लगाउने संवैधानिक व्यवस्था छ । प्रदेश १ मा नेकपाको दुई तिहाइ बहुमत छ ।
प्रतिक्रिया दिनुहोस्