ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गणतन्त्र नागरिकको जीवनपद्धतिका रुपमा स्थापित हुनुपर्ने– मुख्यमन्त्री पोखरेल


एबीसी न्यूज
१५ जेष्ठ २०७६, बुधबार   १२ : ४८   बजे


काठमाडौं,१५ जेठ । प्रदेश नं ५ प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धतिका रुपमा स्थापित र संस्थागत हुनुपर्ने बताउनुभएको छ ।

उहाँले नेपाली समाजमा जनताका बीचमा रहेको गरीबी, अशिक्षा, पछौटेपन, विभेद र असमानतालाई निर्मूल गरेर गणतन्त्रलाई नेपाली समाजको जीवनपद्धतिका रुपमा स्थापित गर्नु आवश्यक रहेको बताउनुभयो । गणतन्त्र स्थापना दिनका अवसरमा आज प्रदेश सरकारद्वारा आयोजित मूल समारोहलाई सम्बोधन गर्नुहँुदै उहाँले सबैले आ–आफ्नो जीवन पद्धतिलाई बदल्न नसक्दासम्म राष्ट्रलाई समृद्ध बनाउन र जनताको जीवनस्तरमा खुशियाली ल्याउन नसके गणतन्त्रले सार्थकता नपाउने उल्लेख गर्नुभयो ।

उहाँले नेपालको संविधान राजनीतिक परिवर्तनका लागि सबैभन्दा उदार रहेकाले अब हिंसाको माध्यमबाट राजनीतिमा आफूलाई स्थापित गर्न खोज्ने प्रवृत्ति जनताका लागि अस्वीकार्य हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि हिंसालाई राजनीतिको अस्त्रका रुपमा प्रयोग गर्ने मान्यता राजनीतिक हुनै सक्दैन, यो जनताका बीचमा त्रास सिर्जना गरेर पैसा असुल गर्ने माध्यमका रुपमा मात्र रहने छ ।” उहाँले निरासाको कुरा गर्नेबाट राष्ट्रको समृद्धिको अपेक्षा गर्न नसकिने बताउनुभयो ।

उहाँले नेपाल उच्च आर्थिक वृद्धिदरको बाटोमा प्रवेश गरिसकेकाले मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन सबैले आशाको सन्देश सम्प्रेशण गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमस्थलमा प्रदेशका प्रदेश प्रमुख उमाकान्त झालाई मुख्यमन्त्री पोखरेल, प्रदेशसभाका सभामुख पुर्णबहादुर घर्ती, प्रदेशका मन्त्रीहरु, उच्च पदस्थ अधिकारीले स्वागत गर्नुभएको थियो । कार्यक्रम परिसरमा प्रदेश प्रमुखझालाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टुकडीले सलामी अर्पण गरेको थियो । कार्यक्रम अघि बुटवलमा विभिन्न समुदाय, जातजाति र वेषभूषाका कला संस्कृतिसहितका झाकी प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीमा बहाव बढ्यो, तर ठूलो बाढीको जोखिम नरहेको पूर्वानुमान

त्रिशूली–३ ‘ए’ सुरुङ उद्धारमा आशा जाग्यो, उद्धार टोली क्राउनसम्म पुग्यो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विपद्मा राज्यको परीक्षा : उद्धारमा गति, निर्णयमा संवेदनशीलता र सहयोगमा खुलापन

‘बाढी आउँदैछ’ भन्ने खबर पाएर विद्यालय पुगेँ, तर २० भन्दा बढी विद्यार्थी हराइसकेका थिए

भोटेकोशीमा बहाव बढ्यो, तर ठूलो बाढीको जोखिम नरहेको पूर्वानुमान

रसुवा बाढी उद्धारमा भारत–चीनको संलग्नताः सहयोग कि भू–राजनीतिक छटपटी ?

Ontario Premier Erects Sign Reaffirming ‘Lake Ontario’ Amid Trade Dispute

Zaporizhzhia Nuclear Plant Relies on Emergency Power for Over a Week

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu