ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सबै विदेशी मुद्राको भाउ बढ्यो


एबीसी न्यूज
१७ जेष्ठ २०७६, शुक्रबार   ११ : ४१   बजे

 

काठमाडौं,१७ जेठ । हप्ताको पहिलो दिन आइतबारको तुलनामा शुक्रबार सबै विदेशी मुद्राको भाउ बढेको हो । नेपाल राष्ट्र बैंकले हप्ताभर सार्वजनिक गरेको विवरण हेर्दा अघिल्लो दिनको तुलनामा पछिल्लो दिन प्रायः सबै विदेशी मुद्राको भाउ क्रमशः बढेको छ ।

आइतबार अमेरिकी डलर १ को खरिददर ११० रुपैयाँ ९५ पैसा र बिक्रीदर १११ रुपैयाँ ५५ पैसा रहेकोमा शुक्रबार खरिददर १११ रुपैयाँ ५० पैसा र बिक्रीदर ११२ रुपैयाँ १० पैसा पुगेको छ ।

बिहीबार अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११२ रुपैयाँ ४० पैसा तथा बुधबार खरिददर १११ रुपैयाँ २१ पैसा र बिक्रीदर १११ रुपैयाँ ८१ पैसा थियो ।

यस्तै आइतबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ५८ पैसा र बिक्रीदर २९ रुपैयाँ ७४ पैसा रहेकोमा शुक्रबार खरिददर २९ रुपैयाँ ७३ पैसा र बिक्रीदर २९ रुपैयाँ ८९ पैसा तोकिएको छ ।

बिहीबार यसको खरिददर २९ रुपैयाँ ७२ पैसा र बिक्रीदर २९ रुपैयाँ ८८ पैसा तथा बुधबार खरिददर २९ रुपैयाँ ६६ पैसा र बिक्रीदर २९ रुपैयाँ ८२ पैसा थियो ।

आइतबार कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ४७ पैसा र बिक्रीदर ३० रुपैयाँ ६४ पैसा रहेकोमा शुक्रबार बढेर खरिददर ३० रुपैयाँ ६२ पैसा तथा बिक्रीदर ३० रुपैयाँ ७८ पैसा पुगेको छ । बिहीबार खरिददर ३० रुपैयाँ ६१ पैसा र बिक्रीदर ३० रुपैयाँ ७७ पैसा तथा बुधबार खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७१ पैसा थियो ।

शुक्रबार यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ६२ पैसा तथा बिक्रीदर ३० रुपैयाँ ७८ पैसा छ । आइतबार खरिददर ३० रुपैयाँ २१ पैसा तथा बिक्रीदर ३० रुपैयाँ ३७ पैसा रहेकोमा क्रमशः बढ्दै बुधबार खरिददर ३० रुपैयाँ २८ पैसा तथा बिक्रीदर ३० रुपैयाँ ४४ पैसा र बिहीबार खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा थियो ।

आइतबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ४९ पैसा तथा बिक्रीदर २६ रुपैयाँ ६३ पैसा रहेकोमा शुक्रबार खरिददर २६ रुपैयाँ ६० पैसा तथा बिक्रीदर २६ रुपैयाँ ७४ पैसा पुगेको छ । बिहीबार खरिददर २६ रुपैयाँ ५७ पैसा र बिक्रीदर २६ रुपैयाँ ७१ पैसा तथा बुधmबार खरिददर २६ रुपैयाँ ५५ पैसा र बिक्रीदर २६ रुपैयाँ ६९ पैसा थियो ।

यस्तै आइतबार कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४० पैसा रहेकोमा शुक्रबार खरिददर ९ रुपैयाँ ३६ पैसा तथा बिक्रीदर ९ रुपैयाँ ४१ पैसा पुगेको छ । बुधबार र बिहीबार खरिददर ९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४० पैसा थियो ।

आइतबार कुवेती दिनार १ को खरिददर ३६४ रुपैयाँ ७२ पैसा तथा बिक्रीदर ३६६ रुपैयाँ ६९ पैसा रहेकोमा शुक्रबार खरिददर ३६६ रुपैयाँ १७ पैसा र बिक्रीदर ३६८ रुपैयाँ १४ पैसा पुगेको छ ।

बिहीबार कुवेती दिनार १ को खरिददर ३६६ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ०६ पैसा तथा बुधबार खरिददर ३६५ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ३८ पैसा थियो । अनि आइतबार बहराइन दिनार १ को खरिददर २९४ रुपैयाँ २९ पैसा र बिक्रीदर २९५ रुपैयाँ ८८ पैसा रहेकोमा शुक्रबार बढेर खरिददर २९५ रुपैयाँ ८७ पैसा र बिक्रीदर २९७ रुपैयाँ ४७ पैसा पुगेको छ । बिहीबार यसको खरिददर २९५ रुपैयाँ ५९ पैसा र बिक्रीदर २९७ रुपैयाँ १८ पैसा तथा बुधबार खरिददर २९४ रुपैयाँ ९९ पैसा र बिक्रीदर २९६ रुपैयाँ ५८ पैसा थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तातोपानी बीओपीमा सुख्खा पहिरो, सशस्त्र प्रहरीको ब्यारेकमा क्षति

अविरल वर्षाले देशभरका मुख्य राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu