ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इद मुवारक !


एबीसी न्यूज
२२ जेष्ठ २०७६, बुधबार   ७ : २३   बजे
शारदा शर्मा
शारदा शर्मा

बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए ।

उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो । मैले मान्छेमा हुने हरेक कुरा उनमा पनि देखें । मेरा दाजु र उनी संगसंगैका थिए । उनी मेरो दाजु भन्दा पनि राम्रो थिए । थाहा थिएन जातभातको लेपन लगाएर हाम्रो सम्वन्धलाई कमजोर बनाइन्छ भन्ने । सानो शहर भित्रको एउटा स्कुलका बिद्यार्थी थियौं हामी कतिखेर माया प्रेम बस्यो थाहानै भएन । चनाचटपटे खान स्कुलको गेटबाट बाहिर निस्कने समय हाम्रो भेट हुन्थ्यो ।

कलास एउटा नभए पनि हामी पानीपुरी र चनाचट्पटे खान संगै निस्कन्थ्यौ । स्कुलमा पनि आ–आफ्नै मिल्ने समूह थियो । रमिला र मन्जु मेरा मिल्ने साथी थिए । हामीलाइ कुनै जातपात मतलबै थिएन । रुझानको बाबा आमाको कस्मेटिक पसल थियो । कलासको उ पहिलो बिद्यार्थी हरेक कुरामा एक्टिभ थियो उ , समय कसरी बित्यो पत्तै भएन । रुझानले एसएलसी दियो, म दश कक्षामा पढ्थे । सायद यतिबेलासम्म हामी भित्र एकअर्का प्रतिको लगाब अलि बढदै गएछ क्यारे उ स्कुल आउन छोडेपछि मलाइ अलि खल्लो लाग्न थाल्यो । हुन त हाम्रो डेरा नजिकै उनीहरुको पसल भएकोले पनि बेलुकी बेलुकी चिसो हावा खाने बहानामा हामी त्यही बाटो हुँदै हिड्थ्यौ । मेरा साथीहरुले अब मलाइ जिस्क्याउन थालिसकेका थिए । खै किनहो मलाइ पनि उनीहरुको कुरा सुनेर रिस उठ्दैनथ्यो।

रुझानले पहिलो श्रेणीमा एसएलसी पास गर्यो । सायद हाम्रो स्कुलबाट त्यतिबेला पहिलो श्रेणीमा पास गर्ने उ मात्र थियो । स्कुलमा उसको चर्चा झनै हुन थाल्यो ।पढाइ र ट्यालेन्सीलाइ उसको जात र थरले कुनै असर गरेको थिएन । उ पनि हामी जस्तै पुर्ण मान्छे थियो । निधारमा जात भात र थर नलेखिएकै एउटा सक्षम मान्छे, योग्य र केही गर्न सक्ने जुझारु । साँच्चै जीवन अनेक खण्डालहरुको संगमनै हो भन्दा फरक नपर्ला । स्कुल सकेपछि उ पढन काठमाडौं गयो । म सानो शहरमा थिए । एकबर्ष पछि मेरो पनि स्कुल सकियो । एसएलसी पास गरेपछि मलाइ पनि दाइ संगै काठमाडांै पठाइयो । उनीहरु संगै पढ्ने बिद्यार्थी थिए । मलाइ सजिलो भयो । काठमाडौ आएपछि उसले बिज्ञान लिएर प्राइभेट कलेज पढाईसुरु गरेको थियो कलेज संगै नभएपनि दाइ र उसको राम्रो सम्पर्क थियो ।

यो एक बर्षमा मैले उसलाई तीनपटक मात्र बिदामा घर जादा भेटेकी थिए । फोनमा कहिलेकाहीँ कुरा हुन्थ्यो । काठमाडौं आए पछि हाम्रो भेट बाक्लिदै गयो । मेरा स्कुले साथीहरु पनि यहि शहरमा भविष्य खोज्न आएको कारण हाम्रो प्रेमलाइ आकार लिन झनै सजिलो भयो । उमेर संगसंगै हामी हाम्रो पढाइ र जिम्मेवारी प्रति पनि सजक थियौ । डाक्टर बनिसकेको रुझान संग मैले जीवन र जिन्दगीका लामा सपना बुन्दा मलाइ थाहै भएन उ मुसलमान र म बाहुन भन्ने कुरा । हरेक पटक हामीले हाम्रा भगवनसंग यो झुठो जातपातको दुनियाँले कतै हाम्रो सवन्धलाई कमजोर बनाइदियो भने पनि तिमीले फैसला गर्नेछौँ भनेर मठ मन्दिर, मस्जिद र चर्चहरुमा पनि जाने गरेका थियौं । सायद कलियुगका भगवान आफै कमजोर थिए उनले हाम्रो कुरा सुन्न मात्र हैन हाम्रो सम्वन्ध बुझन पनि सकेनन् ।

दाइको बिहे नगर्दै बाले मेरो बिहेको कुरा गर्न थाल्नु भयो । हामीले सबैकुरा आ–आफ्नो परिवारमा भनेर बिहे गर्ने निर्णय ग¥र्यौ । बिदामा घरगएको समय घुम्दै शहरको माथिल्लो पट्टी पुगेपछि कुनै पनि हालतमा नछुटिने बाचा गर्दै हामीले कसम खायौं । समाजमा जात भातका कुरा उठिरहन्थे । मेरी हजुरआमा अलि कट्टरनै थिइन । मुसलमान भनेपछि हामीले छोइछिटो गर्नु पर्ने समाजमा के हाम्रो सम्वन्धले आकार लिन पाउँला रु हामी घन्टौ यहि बिषयमा कुरा गथ्र्यौँ । बुझ्ने भैसकेका हामीलाइ जातभातको कुनै प्रभाव थिएन तर हाम्रो सम्बन्धको तगारो बनेको थियो जातभात र थर ।

त्यसदिन बेलुकी मलाइ हेर्न पल्लो गाउका मास्टर आउदै थिए । खै किनहो घर फर्किने मननै थिएन। उसलेनै भनेर म घरमा आए । एकातिर उसंगको सम्वन्ध अर्कोतिर बिहेको लागि घरमा गरिएको यो कर्मकाण्ड के भन्ने मलाइ डर लागेको थियो । चिया लिएर उनीहरुको अगाडि पठाइयो, मलाइ शिर देखि पाउसम्म हेरे । सायद मास्टरले कुनै खोट देखेनन् क्यारे दुबैजनाले कुरा गर भन्दै भित्र पठाए । पातलो शरीर शलक्क परेको राम्रो मान्छे थिए उनीपनि । लाजै नमानी सरासर मैले सानै देखिको आफ्नै साथीजस्तै सम्झेर हाम्रो सम्बन्धका सबैकुरा सुनाउदा खै किन हो उनले पनि आँशु टपक्कै झारे । तिमीले जे भन्छ्यौ मलाइ स्वीकार छ भन्दै उनी उठ्दा म तीन छक परे । त्यसदिन उनीहरु गए, मैले सबैकुरा नडराइ घरमा सुनाए । रुझानसंग बिहे गर्ने कुरा गरे । तर समाजको इज्जत प्रतिष्ठाको कुरा देखाउदै बाले आत्महत्या गर्छु भन्नुभयो । मलाइ डर लाग्यो, बाको मृत्यु अगाडि तेर्साएर मेरो सम्बन्धको गला रेटियो ।

समाज बिचित्रको छ आ–आफ्नो स्वार्थ अनुसार यहाँ हरेक कुराको ब्याख्या हुने गर्छ । आज इद मुवारक भन्दै अनेक जात जातीले संजालमा पोष्ट गरेका छन् । हरेक चाडपर्वमा मानिसहरु शुभकामना आदान–प्रदान गरेका छन् । मठ मन्दिर ,मस्जिद, चर्च सबैमा गएकै छन् तर किन जातभातको कुरा उठाएर आज पनि मान्छेहरु प्रति यति धेरै विभेद छ रु यहाँ मान्छे मान्छे एउटैै हुन किन सकेको छैन अझैपनि रु आजपनि उसलाई निकै सम्झिएं । सायद मान्छे मान्छेमा विभेद नभएको भए आज हामी संगै हुनेथियौँ । समाजले मलाइ डराउन दियो या म समाजसंग डराए ? फोनमा घन्टी बज्यो हेलो इद मुवारक उसको गला अबरुद्ध भयो सायद उ रुझान थियो । उनले सुनाउदै थिइन मेरो मोवाइमा पनि म्यासेज आयो इद मुवारक ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

गोलाप्रथाबाट न्यायाधीशलाई मुद्दा तोक्ने व्यवस्था संविधानबमोजिम छैन, यसले न्यायाधीशको विज्ञताको दुरुपयोग गरिरहेको छः पूर्वप्रधानन्यायाधीश पराजुली

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

एआई एजेन्टको अँध्यारो पाटो: शक्ति छ, पारदर्शिता छैन

कर्णाली प्रदेशको बजेट २०८३/०८४:“सुशासनको मिठो भाषा र व्यवहारिक अभ्यासको कठिन दूरी”

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group