ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालविवाह गर्नेलाई सेवाबाट बहिष्कार गरिने जनप्रतिनिधिको प्रतिबद्धता


एबीसी न्यूज
२२ जेष्ठ २०७६, बुधबार   २ : ३७   बजे

 

काठमाडौं,२२ जेठ । बालविवाह गर्न नदिने र गरेको भेटाए कारवाही गर्नेमा कैलालीका जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । नेपालको कानूनअनुसार २० वर्ष नपुग्दै गरिने विवाहलाई बालविवाह भनिएको छ ।

स्थानीय तहले बालविवाहलाई न्यूनीकरण गर्ने खालको अभियान चलाउने तयारी गरेका छन् । “महिलामाथि हुने हिंसा न्यूनीकरण गर्न बालविवाह तथा दाइजो प्रथा रोक्न समाज जागरुक बन्नुपर्छ । हामी बालविवाह गर्नेलाई नगरपालिकाबाट सेवासुविधा दिने छैनौँ”, टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले भन्नुभयो, “अब जनचेतनामूलक कार्यक्रम, संवाद, छलफल गर्छौं ।”

नगर क्षेत्रमा कसैले बालविवाह गर्न थालेको थाह पाए स्थानीय सरकारलाई खबर गरिदिन आग्रह गरिएको छ । प्रमुख रावलले भन्नुभयो, “बालविवाह हुन लागेको थाह पाए हामी रोक्छौँ ।” नगरपालिकाको चौथो नगरसभाले बालविवाह र छाउपडी प्रथाविरुद्ध सङ्कल्प प्रस्तावसमेत पारित गरेको छ ।

कैलाली जिल्लामा स्वास्थ्य संस्थाको तथ्याङ्क हेर्दा अहिले पनि १७ प्रतिशत आमा २० वर्षमुनिका छन् । यस तथ्याङ्कले बालविवाहको समस्या निकै चुनौतीपूर्ण रहेकाले यसको न्यूनीकरणका लागि जनप्रतिनिधि र राजनीतिक दलले अभियान थालेका छन् ।

जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले बालविवाह रोक्न सबै जिम्मेवार बन्नुपर्ने बताउनुभयो । “सबैभन्दा पहिले अभिभावक सचेत बन्नुपर्छ । अनि विद्यालयस्तरमा पनि बालविवाह कानूनी रुपमा दण्डनीय भएको कुरा बढी जोड दिएर सिकाउन आवश्यक छ”, उहाँले भन्नुभयो ।

लम्कीचुहा नगरपालिकाका प्रमुख महादेव बजगार्इंले परिवारको स्वीकृति बिना प्रेम गरेर बालबालिकाको विवाह भइरहेकाले पनि अब सचेतना जगाउने खालका कार्यक्रम गर्नुपर्ने बताउनुभयो । “हामी प्रतिबद्ध छौँ । अभिभावक सचेत बन्नुस्, सबैले साथ दिएमा सामाजिक कलङ्कका रुपमा रहेको बालविवाहको समस्या न्यूनीकरण गर्न सकिन्छ ।”

उमेर नपुगी विवाह गर्दा बालबालिका दुवैलाई असर गर्छ । बालविवाहले उनीहरुको पढाइ प्रभावित हुने, आर्थिक जिम्मेवारी बढ्ने गर्दछ भने बालिकालाई शारीरिक र मानसिक अवस्थामा समेत असर पर्छ । बालिका सानै उमेरमा गर्भवती हुँदा स्वास्थ्यमा गम्भीर खाले असर पर्नाका साथै जीवन दुःखदायी बन्ने गर्दछ ।

“बालविवाह अब हामी गाउँगाउँमा जनचेतनामूलक सन्देश दिने काम गर्र्छौं”, टीकापुर नगरपालिकाका उपप्रमुख केशरी विष्टले भन्नुभयो, “उमेर नपुगी विवाह हुनै दिनु भएन ।” विष्टले भन्नुभयो, “कानूनी रुपमा २० वर्षअघि विवाह गर्न मिल्दैन, बालविवाह गरेका धेरै महिलामा मानसिक समस्या देखिने गरेको छ । यसलाई व्यावहारिक रुपमा रोक्नै पर्छ ।”

जानकी गाउँपालिकाका उपाध्यक्ष उमा महतोले बालविवाह र दाइजो प्रथाजस्ता कुप्रथाकै कारण महिलाहरु घरेलु हिंसामा परिरहेको बताउनुभयो । उपाध्यक्ष महतोले भन्नुभयो, “बालविवाहले स्वास्थ्य, शिक्षा र रोजगारीजस्ता आधारभूत आवश्यकताबाट वञ्चित गराउँछ । स्वस्थ र खुशी परिवारका लागि २० वर्षअघि विवाह गर्नु हँुदैन ।”

कानूनी व्यवस्थामा २० वर्ष नपुगी गरिएको विवाहलाई अवैधानिक मानिन्छ । बालविवाह गरेमा तीन वर्षसम्म जेल सजाय र ३० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान रहेको छ । कानूनले वर्जित गरे पनि नेपाली समाजमा बालविवाह अभ्यासमा छ । कतिपय जाति समुदायमा प्रचलित संस्कारले पनि यसलाई निरन्तरता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group