ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वातावरण संरक्षणमा एकीकृत प्रयास आवश्यक छ– राष्ट्रपति


एबीसी न्यूज
२२ जेष्ठ २०७६, बुधबार   ६ : ३५   बजे

 

नेपालगन्ज,२२ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले मौसम परिवर्तन विश्वकै लागि चुनौती भएको भन्दै वातावरण संरक्षणमा जुट्न सबैलाई आग्रह गर्नुभएको छ । उहाँले दिगो वातावरण संरक्षणका लागि एकीकृत प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो ।

विश्व वातावरण दिवसका अवसरमा नेपालगञ्जमा आज आयोजित वातावरण संरक्षण तथा जलवायु परिवर्तन विषयक राष्ट्रिय कार्याशाला गोष्ठीको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले स्वच्छ वातावरणमा बाँच्न पाउने मानिसको अधिकार सुनिश्चित गर्नका लागि सरकारले नै आवश्यक रणनीति तय गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “प्रकृति र मानवबीचको अभिन्न सम्बन्ध छ । प्राकृतिक वातावरण यथावत् राख्न र वातावरण संरक्षणसम्बन्धी कार्यक्रम प्रभावकारी बनाउन सरकारले पहल गर्नुपर्छ । जलवायुसम्बन्धी चेतनामूलक कार्यक्रम स्थानीयस्तरसम्म सञ्चालन गर्नुपर्ने खाँचो छ ।”

जलवायु परिर्वतनको असरका कारण विश्वव्यापी रुपमा वातावरण विनाश हँुदै गएको भन्दै राष्ट्रपति भण्डारीले भन्नुभयो, “हामीलाई वन र प्रकृति जोगाउनुपर्ने साझा चुनौती छ । संरक्षणमा हामी सबै एकजुट भएर लाग्नुपर्छ । औपचारिकता निभाउनुभन्दा काम गरेर देखाउने बेला आएको छ । यसमा सबैको हातेमालो जरुरी छ ।”

स्वच्छ वायु कायम गर्ने साझा दायित्व भएको बताउँदै राष्ट्रपति भण्डारीले भन्नुभयो, “हामी प्राकृतिक प्रकोप व्यहोर्न बाध्य छौं । जलवायु परिवर्तनमा हाम्रो भूमिका न्यून भए पनि हामीले नगरेको अपराधको सजाय भोग्नु परिरहेको छ । पानीका स्रोतहरु सुक्न थालेका छन् । यसका लागि स्थानीय समुदायलाई जागरुक हुन जरुरी छ ।”

आगामी पुस्ताका लागि अमूल्य र विशिष्ट जीवजन्तु तथा वनस्पति र वन क्षेत्रको संरक्षण एवं संवद्र्धन गर्दै सुन्दर भविष्य सुनिश्चित गर्न राष्ट्रपति भण्डारीले सबैमा अपिल गर्नुभयो । उहाँले भन्नुभयो, “जलवायु परिवर्तनको प्रभाव वातावरणीय ह्रास विकास र वातावरणबीचको सन्तुलनलाई सम्बोधन गरी प्रत्यक्ष तथा स्वच्छ वातावरण सिर्जना गर्न हामी सबै गम्भीर भएर लाग्नुपर्दछ ।”

उहाँले स्वच्छ तथा मनोरम वातावरण र जीवनको पर्याय वन क्षेत्रलाई संरक्षण गर्नुपर्ने दायित्व सम्पूर्ण नेपालीको भएको बताउनुभयो । राष्ट्रपति भण्डारीले भन्नुभयो, “जलवायुका विषयमा सबै सरोकारवासँग निरन्तर छलफल जरुरी छ । मुलुकले विद्युतीय ऊर्जामा फड्को मारिरहेका बेला विद्युतीय सवारी र चुल्होमा आम उपभोक्तालाई प्रेरित गर्न सके जलवायुको असर न्यूनीकरणमा मद्दत पुग्नेछ ।”

“वरपीपल रोप्ने र चौतारी निर्माण गर्ने संस्कारलाई जोगाउँदै जीवन्त बनाउन सरकारले नीति तय गरी अघि बढ्नपर्छ”, उहाँले भन्नुभयो, “कार्बन सोस्ने खालका बिरुवा रोप्न प्रेरित गर्न सरकारले नै अग्रसरता देखाउनुपर्छ । यसले जलवायुका असरलाई न्यूनीकरण गर्न मद्दत पुग्नेछ ।”

राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका कारण विश्वमा वातावरण विनाश भइरहेको सन्दर्भमा प्राकृतिक र जैविक विविधताले सम्पन्न राष्ट्र नेपालले वातावण संरक्षणमा पु¥याएको उल्लेख्य योगदानको चर्चा गर्नुभयो । स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सुनिश्चित गर्न आमनागरिक सचेत र प्रतिबद्ध रहनुपर्ने राष्ट्रपति भण्डारीको भनाइ छ ।

भौगोलिक तथा सामाजिक महत्व बोकेको चुरे क्षेत्रको प्राकृतिक वातावरण यथावत् राखिरहन सञ्चालित राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण, संरक्षित क्षेत्र, जलाधार संरक्षण आयोजनाजस्ता कार्यले विश्व वातावरण सन्तुलन कायम राख्न मद्दत पु¥याइरहेको उहाँले बताउनुभयो ।

यसैबीच राष्ट्रपति भण्डारीले विश्व वातावरण दिवसकै अवसरमा जिल्ला वन डिभिजन कार्यालय बाँकेको हाताभित्र आँपको बिरुवा रोप्नुभयो । सो अवसरमा उहाँले ‘एक घर, एक बिरुवा’ अभियानलाई सार्थक बनाउन आम नागरिकमा जनचेतना आवश्यक रहेको बताउनुभयो । सो अवसरमा वनमन्त्री शक्तिबहादुर बस्नेत, प्रदेश मन्त्रीहरु, सङ्घीय तथा प्रदेशसभाका सांसद लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group