बझाङ , ३ असार । बझाङमा जीप दुर्घटना हुदा मृत्यु हुनेको संख्या १० पुगेपछी गाँउनै सोकमा डुवेको छ । सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्री बाट मष्टा गाउँपालिका जादै गरेको से १ ज १०७२ नम्बरको जीप मष्टा गाउँपालिका वडा नम्बर १ डौठी भन्ने ठाँउमा सोमवार दुर्घटना भएको हो ।
दुर्घटनामा १० जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य ५ जना घाईते भएका छन । दुर्घटनामा परि एकै गाँउका ७ जनाको मृत्य भएपछी गाँउनै सोकमा डुवेको हो । स्थानीय वासीका अनुसार मष्टा गाँउपालिका वडा नम्बर १ कोटदेबलका ५० बर्षीय कलक खड्का, उनकी श्रीमती ४८ बर्षीय जुनधारा खड्का र उनका १२ बर्षीय छोरा सरोज खड्काको मुत्यु भएको छ। यस्तै सोही गाँउका १९ बर्षीय हिक्मत खड्का, ५२ बर्षीय धौली देवि खड्काको समेत ज्यान गएको छ।
कोटदेबलकै १५ बर्षीय जुना खड्का, ८ बर्षीय विपना खड्काको मृत्यु भएको छ। दुर्घटनामा परि मष्टा गाँउपालीका वडा नम्बर १ रनाडाका ३० बर्षीय भक्त द्धाल र ३५ लक्ष्मि द्धालको समेत मृत्यु भएको वडा प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक माहानन्द जोशीले बताए ।
जोशिका अनुसार चालक मष्टा गाउँपालिका वडा नम्बर १ जिनाडाका २२ बर्षका सुरेन्द्र थापाको समेत मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक सुर्यबहादुर केसीका अनुसार दुर्घटनाको कारण क्षमता भन्दा बढी यात्रु, उकालो र साँघुरो सडक रहेको छ। जीप सडकबाट झण्डै ४÷५ सय मिटर तल भिरमा खसेको थियो।
प्रतिक्रिया दिनुहोस्