ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ सोचका साथ बजेट आएको छ– मन्त्री गुरुङ


एबीसी न्यूज
५ असार २०७६, बिहिबार   ८ : ४९   बजे

 

 

 

काठमाडौं, ५ असार । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आर्थिक वर्ष २०७६÷७७ को बजेट नयाँ सोचका साथ आएको बताउनुभएको छ ।

गण्डकी प्रदेशसभाको आजको बैठकमा आव २०७६÷०७७ को राजस्व र व्ययको वार्षिक अनुमान९बजेट० माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले प्रदेशको समृद्धि र विकासको लक्ष्यलाई पूरा गर्ने गरी बजेट ल्याइएको बताउनुभयो ।

बजेटले आन्तरिक राजस्व सङ्कलनका क्षेत्र पहिचान गर्दै उद्यम गर्छु भन्नेलाई उद्यमशीलताको वातावरण तयार गरेको मन्त्री गुरुङले बताउनुभयो । सरकारले करको शुल्कमा वृद्धि नभई अधिकतमलाई करको दायरामा ल्याउने उहाँले स्पष्ट पार्नुभयो ।

पर्यटन शुल्कको व्यवस्थाका साथै पर्यटन प्रवद्र्धन एवं विकासका लागि कर्मचारीलाई लक्षित गरी बिदा पर्यटनको अवधारणा अघि सारिएको उहाँले बताउनुभयो । औद्योगिक विकासलाई लक्षित गरी कास्कीको पुडिटारका साथै नवलपरासीको लौकाहामा प्रदेशस्तरको औद्योगिक क्षेत्र निर्माण गरिने मन्त्री गुरुङले बताउनुभयो ।

पूर्वाधार विकासलाई आवश्यकताका आधारमा अघि बढाइनेमा जोड दिँदै उहाँले प्रदेशमा आवश्यक प्रशासकीय भवन, सचिवालय आदिको निर्माण गर्न लागिएको उल्लेख गर्नुभयो ।

फेवातालको संरक्षण सम्बन्धमा उद्योग पर्यटन, वन तथा वातावरणमन्त्रीको संयोजकत्वमा बनेको समितिले काम अघि बढाउने बताउँदै मन्त्री गुरुङले सरकारले यसको संरक्षण र विकासलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

खानीजन्य विषयका लागि बजेट छुट्याएको जानकारी दिँदै उहाँले चालू विकास आयोजनालाई सम्पन्न गर्ने एवं नयाँ विकास आयोजनालाई अघि बढाइने बताउनुभयो ।

सत्तापक्ष एवं प्रतिपक्षका प्रदेशसभा सदस्यबाट प्राप्त सुझावलाई आत्मसात् गर्दै अघि बढिने मन्त्री गुरुङको भनाइ थियो । बैठकमा मन्त्री गुरुङले सरकारको विनियोजन विधेयक २०७६ सभासमक्ष प्रस्तुत गर्नुभयो । अर्को बैठक शुक्रबार दिनको १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group