ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समृद्ध समाजका लागि योगाभ्यास अपरिहार्य– उपेन्द्र यादव


एबीसी न्यूज
६ असार २०७६, शुक्रबार   १२ : २७   बजे

 

काठमाडौं, ६ असार । उपप्रधान तथा स्वास्थ्य एवं जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वस्थ, समृद्ध एवं सुसंस्कृतिपूर्ण समाज निर्माणका लागि योगाभ्यास अपरिहार्य भएको बताउनुभएको छ ।

पाँचौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज पतञ्जलि योगपीठ नेपाल, वृहत्तर जनकपुर विकास क्षेत्र, भारतीय दूतावास, जानकी मन्दिर र पतञ्जली योगपीठ प्रदेश नं २ समितिद्वारा जानकी मन्दिर परिसरमा आयोजित योग शिविरमा उहाँले सो कुरा बताउनुभएको हो ।

तनावका कारण मानसिक रोगी र अस्वस्थ रहनेहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको वर्तमान अवस्थामा योग नै स्वस्थताको महत्वपूर्ण आयाम भएको प्रसङ्ग उल्लेख गर्दै उहाँले योग स्वस्थताका साथै सौहाद्र्रपूर्ण जीवनका लागि समेत महत्वपूर्ण पक्ष हो भन्नुभयो ।

उपप्रधानमन्त्री यादवले समाजिक, सांस्कृतिक उपजका रूपमा योगको महत्वलाई आत्मसात गर्दै भगवान् गौतमबुद्धदेखि ऋषिमुनिहरूले योग साधना गरी आफ्नो लक्ष्य हासिल गरेको दृष्टान्तसमेत सबैका लागि अनुकरणीय रहेको धारणा राख्नुभयो ।
प्रदेश नं २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले तन र मनको स्वस्थताका लागि योग साधना गर्नु आवश्यक छ भन्नुभयो । मुख्यमन्त्री लालबाबु राउतले स्वस्थ रहन योगलाई दिनचर्या बनाउनु जरूरी भएको विचार व्यक्त गर्नुभयो ।

पतञ्जलि योगपीठ नेपालका प्रमुख लभदेव देव मिश्रको सभापतित्वमा भएको सो कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका संयोजक अनिल झा, प्रतिनिधिसभा सदस्य राजेन्द्र महतो, प्रदेश नं २ का सभामुख सरोजकुमार यादव, प्रदेश नंं २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल, आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव, योग शिविर संयोजक एवं प्रदेशसभा सदस्य कौशल यादवलगायत प्रदेशसभा सदस्यको पनि सहभागिता रहेको थियो ।

शिविरमा सहभागीहरूलाई योगपीठ प्रमुख मिश्रले योगाभ्यास गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group