ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले दुई तिहाई बहुमतको दम्भ देखाउन पदैन– बाबुराम भट्टराई


एबीसी न्यूज
६ असार २०७६, शुक्रबार   १२ : ४८   बजे

 

काठमाडौं, ६ असार । पुर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सरकारलाई दंम्भ देखाउने काम बन्द गर्न सुझाव दिनुभएको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा समय लिएर बोल्दै पुर्वप्रधानमन्त्री भट्टराईले सरकारलाई दुई तिहाई बहुमतको दम्भ नदेखाउन सुझाव दिनुभएको हो । सरकारका राम्रा र नराम्रा कामका आधारमा जनमत बन्ने भएकाले अहिले पाएको मतादेश दिगो नहुने तर्फ सचेत बन्न उहाँले आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो “फलेको हांगो झुक्छ । तपाईहरु दुई तिहाई बहुमतको सरकारको प्रतिनिधित्व गरिरहनुभएको छ । त्यसकारण तपाईहरुले दम्भको प्रर्दशन गर्ने होइन । मतादेश दिगो नहुन पनि सक्छ । छिमेकी पश्चिम बंगालमा ३४ बर्ष सम्म बामपन्थीको सरकार चलेको र अहिले बंगालमा एक सिट पनि नजितेको उदाहरणलाई विर्सन हुदैन । ७० बर्ष सम्म सोभियत संघमा कम्युनिष्ट शासन चलेको र त्यहा अहिले कम्युनिष्ट पार्टीको नाम निसान पनि खोज्न गाहे भईरहेको अवस्थाबाट पनि हामीले बिर्सन मिल्दैन । विनम्रतापुर्वक आग्रह छ । हामीले दम्भ त्यागौ र झुकौ । र अरुको कुरा सुनौ । नलेज स्पिक्स, वीजडम लिसन्स । ज्ञान बोल्छ । बुद्धी सुन्छ । ”

उहाँले सरकारका पछिल्ला कदमले सरकार केन्द्रीकरण तर्फ जान लागेको संकेत दिएको टिप्पणी गर्नुभयो । गुठी विधेयकको विरोधमा राजधानीमा भएको प्रर्दशनलाई सांकेतिक ढंगले बुझेर संविधान विपरित ल्याईएका मानवअधिकार आयोग, मिडिया काउन्सिल, सुरक्षा परिषद् लगायत विधेयकहरु तुरुन्तै खारेज गर्न उहाँले माग गर्नुभयो ।

उहाँले भन्नुभयो “हामी खस आर्य समुदायल, हामीले एउटा उखान बनाएका छौ । ज्वाई न स्वाई अगुल्टाले च्वाईँ । अस्ति माईतीघर मण्डलामा हाम्रा ससुराली खलकले अगुल्टा उचाले यसबाट हाम्रा ज्वाई प्रधानमन्त्री, ज्वाई उपप्रधानमन्त्री , ज्वाई मन्त्रीजीहरु पनि सर्तक हुनुहोला ।”

उहाँले बजेट विनियोजन लगायतले संघीयताको मर्म बुझ्ने दिशा तर्फ सरकार नगएको स्पष्ट भएको बताउनुभयो । उहाँले संघीय सरकारको व्यवहारबाट अहिले प्रदेश सरकारहरु पनि सन्तुष्ठ नदेखिएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । गत बर्ष प्रदेश र स्थानीय तहका लागि २३ प्रतिशत बजेट गएको अहिले २० प्रतिशतमा झरेको बताउनुभयो । प्रदेशमा कार्यालय खुलेपछि केन्द्रका संरचना र कर्मचारी कटौति हुनुपर्नेमा त्यसो हुन नसकेकाले पनि संघीयता बढी खर्चालु रहेछ भन्ने मानसिकता विकसित हुदै गएको उल्लेख गर्नुभयो । ४७ प्रतिशत ६ प्रतिशत बहुआयामिक गरिबी भएको प्रदेश नम्बर २ मा जम्मा १५ प्रतिशत मात्रै बजेट जानु न्यायपुर्ण नहुने तर्क गर्नुभयो ।

सम्पत्तिको अभिलेखीकरण राम्रो नभएको भन्दै उहाँले राजश्व संकलन र कर प्रणालीलाई प्रभावकारी बनाउन मुलुकभरको चल अचल सम्पत्तिलाई डिजिटलाईज्ड गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बजेट कार्यान्वयन अहिले पनि सन्तोषजनक नभएको र त्यसको बाधक कर्मचारीतन्त्र भएकाले त्यसको समुल पुर्नसंरचना गरिनुपर्ने बताउनुभयो । प्रक्रियामुखी कर्मचारीतन्त्रलाई आँटै गरेर भत्काउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

वाईडवडी प्रकरणमा गम्भीर त्रुटी भएको रिपोर्ट आईरहेका बेला न्यारोबडीमाथिको खोज गरेर वाईडवडी प्रकरणलाई छायामा पार्ने काम भएको भन्दै उहाँले भष्ट्रचारको क्यान्सर अन्त्य नगरे सम्म मुलुकको सम्मुन्नत विकास संभव नभएको बताउनुभयो । बजेटमा सिंचाईलाई आवश्यक प्राथमिकतामा नराखिएको उल्लेख गर्दै उहाँले तराई मधेसलाई बर्षैभरी सिंचाईको व्यवस्था गर्न सके मात्रै कृषि क्रान्ति हुने बताउनुभयो ।

सामाजिक सुरक्षाको क्षेत्रमा बजेट र योजना पर्याप्त नभएकाले एकिकृत सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो ।ठुला र पदिय हैसियत भएका नेताले स्वास्थ्यउपचारका लागि मुलुकबाहिर जाने र राज्यकोषबाट स्वास्थ्योपचार बापतको रकम लिने प्रचलनले राज्य भनेको कामधेनु गाईको रुपमा बुझ्ने गलत प्रवृत्ति बढेकाले सरकारको ढुकुटीबाट रकम बुझ्ने काम बन्द गरिनुपर्ने बताउनुभयो । अनुत्पादक क्षेत्रमा लगानी गर्ने तरीकाले देशको विकास नहुने भएकाले जग्गा जमिन खरिद विक्रिमा कर थप्न सरकारलाई सुझाव दिनुभयो । गोर्खाको बेनीघाट –आरुघाट – लार्के जोड्ने १ सय १० किलोमिटर बाटो निर्माणका लागि छुट्याईएको बजेट अपुग भएको बताउनुभयो ।

उहाँले सांसदको हुर्मत लिने र मान मर्दन गर्ने गरि ल्यापटप बाड्ने काम नगर्न सभामुखको ध्यानाकर्षण गराउनुभयो ।
नेपालस्थित विदेशी राजदुतले शान्ति प्रक्रियाका बारेमा धम्कीपुर्ण भाषा बोलेको भन्दै सबैको साझा विषय भएकाले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौं महानगरले साढे ४ करोडभन्दा बढी सहयोग गर्ने

बाढीमा १६ जनाको ज्यान जोगाउने जुनमाया : ‘आफूसँग लगाएको एक जोर कपडा मात्रै बाँकी छ’

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu