ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण नै मुख्य उद्देश्य हो– सञ्चारमन्त्री बाँस्कोटा


एबीसी न्यूज
६ असार २०७६, शुक्रबार   ५ : २४   बजे

 

काठमाडौं, ६ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पत्रकारिता क्षेत्रका लागि नभई सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रणका लागि ल्याइएको स्पष्ट पार्नुभएको छ ।

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’का सम्बन्धमा आज आयोजित छलफलमा उहाँले नेपाली समाजलाई बढी स्वतन्त्र र मर्यादित बनाउने दृष्टिकोणबाटै विधेयकका विषय अगाडि सारिएकाले स्वतन्त्रतारहित समाज बनाउने सरकारको परिकल्पना नभएको प्रष्ट्याउनुभयो । मन्त्री बाँस्कोटाले भन्नुभयो, “खासगरी सामाजिक सञ्जालसँगको दुरुपयोग रोक्नका लागि हो, मेनस्ट्रीम जर्नालिज्मसँगको कुरा होइन ।”

सामाजिक सञ्जालबाट मानिस पीडित हुने र यौन हिंसासमेत बढ्दै गएको छ भन्दै उहाँले हरेक कुरा नियन्त्रण नै हो की भनेर मनको बाघले खाने कुरा नगर्न अनुरोध गर्नुभयो । “अनुशासित समाज हुनुपर्छ, स्वतन्त्रतारहित समाज बनाउने परिकल्पना सरकारको होइन स्वतन्त्रतालाई अबरुद्ध बनाउने कुरा सोच्न सक्दैनौँ, संवैधानिक व्यवस्था नै त्यस्तै छ”, मन्त्री बाँस्कोटाले थप्नुभयो ।

अभिव्यक्तिको पनि खास सीमा रहने उल्लेख गर्दै उहाँले छाडापन वा दुःख दिने नियतले हुने गरेका सूचना र प्रविधिको दुरुपयोगमा सचेत गराउन खोजिएको जानकारी दिनुभयो । कुनै राजनीतिक विचारधाराको हिसाबले भन्दा पनि सामाजिक मूल्य र पद्धतिको आधारमा समाजलाई अगाडि बढाउनुपर्छ भन्ने नै उद्देश्य सरकारको रहेको मन्त्री बाँस्कोटाले बताउनुभयो ।

अभिव्यक्तिको स्वतन्त्रतालाई बन्देज गर्न नसकिने उल्लेख गर्दै उहाँले होच्याउन पनि पाउनुपर्छ, हैरानी गर्न पनि छुट दिनुपर्छ र अपमानित गर्न पनि छुट दिनुपर्छ भन्ने होइन, अभिव्यक्तिको स्वतन्त्रता तथा गाली बेइज्जतीको बीचमा भेद रहेकाले यसलाई फरक परिभाषाभित्र राख्नुपर्छ भन्ने नै हो भन्नुभयो ।

सामाजिक सञ्जालको दुरुपयोग भएकोबारे समितिका सदस्यहरुलाई स्क्रिन सर्ट गरेर ल्याएका विषयबारे जानकारी गराउँदै मन्त्री बाँस्कोटाले भन्नुभयो, “तपाईले पनि हेर्न सक्नुहुन्छ कयौँ चिजहरु, स्क्रिन सर्ट गरेर ल्याएको छु, माननीय ज्यूहरुले ती शब्दहरु समूहमा बसेर पढ्न सक्नुहुन्छ ।”

बहुलवादी समाजमा बन्देज लगाउन सरकारले मात्रै चाहेर सक्ने कुरा नभएकाले व्यक्तिको अधिकार सुरक्षित गर्न र दुरुपयोगप्रति कानूनी प्रतिवाद गर्न पाउने अधिकारलाई सुरक्षित गर्नुपर्नेमा उहाँको जोड थियो ।

विधेयकका सम्बन्धमा आएका आलोचनाप्रति इङ्गित गर्दै उहाँले गालीगलौज र आलोचनालाई बेग्लाबेग्लै ढङ्गले बुझ्नु पर्ने र त्यसरी बुझ्न नसक्ने गरी आउने टिप्पणी स्वागतयोग्य हुन नसक्ने जिकिर गर्नुभयो । बारम्बार कोही मन परेन भनेर सामाजिक सञ्जालमा अपमान गर्न मिल्दैन भन्दै उहाँले विधेयकमा आएका विषय हटाउन नमिल्ने तर व्यक्तिसँग जोडिएका कुरा व्यक्तिले नै उजुरी गर्न सक्ने गरी लैजाने कुरामा भने सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो । दण्ड, जरिवाना वा सजायका कुरामा भने सोच्न सकिने उहाँले बताउनुभयो ।

“कहिलेकाहीँ अञ्जानमा वा झुक्किएर हुनसक्छ तर धम्क्याउने कुरा हुन सक्दैन, अपहरण कै शैलीमा धम्की दिइयो भने के गर्ने, मानसिक रुपमै चोट पर्छ, पोष्ट, रिपोष्ट गर्ने कुरामा पटकपटक गरेमा के गर्ने, एकपटक गरेमा के गर्ने भन्ने कुरामा सोचौँ, हामी नराम्रो गर्न खोजिरहेका होइनौँ, राम्रो बनाउने उद्देश्यले यसलाई लैजानुपर्छ ।” मन्त्री बाँस्कोटाले थप्नुभयो ।

केही समयअघि मात्रै राष्ट्रिय सर्भर पाँच घण्टा ह्याक भएको प्रसङ्ग जोड्दै उहाँले साइवर आतङ्कको कुरा साधारण विषय नभई सुरक्षा, बैंकिङ, प्रशासनिक क्षेत्रसँग समेत जोडिने विषय भएकाले यसमा सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयोे ।

बैठकमा समिति सदस्य केदार सिग्देलले बदलिँदो परिस्थितिअनुसार कानून आवश्यक रहेको र यसले कसैको अधिकारलाई कुण्ठित गर्छ भन्ने आफूलाई नलागेको जिकिर गर्नुभयो । विधेयकका सम्बन्धमा नौ जना सहभागी रहेको उपसमितिमा मिहिन ढङ्गले छलफल भएको जानकारी दिँदै अर्का सदस्य रामबहादुर विष्टले विधेयकलाई हल्का रुपमा नलिई मिडियासँग समेत छलफल चलाउनु जरुरी रहेको औँल्याउनुभयो ।

समिति सदस्य इन्दुकुमारी शर्माले सामाजिक सञ्जालको दुरुपयोग रोक्न विधेयक आवश्यक छ भन्नुभयो । सदस्य रङ्मती शाहीले अझै छलफल जरुरी रहेको भन्दै हतार गर्न नहुने बताउनुभयो । सदस्य आशाकुमारी विकले दण्डसजाय र छुटमा अझै ध्यान जानु जरुरी रहेको बताउनुभयो । विधेयकमा उल्लेखित बुँदाले स्पष्ट बनाउन नसकेको बताउँदै सदस्य मिनाक्षी झाले सजायलाई मात्रै प्राथमिकता दिइएको तर सचेतना दिने विषयमा मौन रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group