ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजेटमा नयाँ मौलिकता नै छैन, बजेट कनिका छरे जस्तै छरिएको छ– उपनेता कनौडिया


एबीसी न्यूज
६ असार २०७६, शुक्रबार   ६ : २९   बजे

 

काठमाडौं, ६ असार । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशसभामा प्रस्तुत गर्नुभएको विनियोजन विधेयक, २०७६ माथि छलफल भएको छ ।

खास गरी आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालयमा केन्द्रित रहेर छलफल गर्र्ने कार्यसूची रहे पनि प्रदेशसभाका सदस्यले समसामयिक तथा राजनीतिक विषयमा नै केन्द्रित रहेर छलफलमा भाग लिएका छन् ।

नेपाली काङ्ग्रेस प्रदेश नं ५ का संसदीय दलका उपनेता वीरेन्द्र कनौडियाले बजेटमा नयाँ मौलिकता नभएको दाबी गर्दै बजेट कनिका छरे जस्तै छरिएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “बजेट निष्पक्ष र समानुपातिक वितरण हुन आवश्यक छ ।”

नेकपा संसदीय बोर्डका सचिव भोजप्रसाद श्रेष्ठले विरोध गर्दैमा विकास नहुने उल्लेख गर्दै जनताको दिगो विकास र तत्कालीन विकासलाई ध्यानमा राखेर बजेट वितरण भएको बताउनुभयो । सदस्य श्रेष्ठले बजेटमा रचनात्मक सहयोग गर्न आग्रह गर्नुभयो ।

प्रदेशसभाका सदस्य अष्टभुजा पाठकले बजेट समावेशी नभएको बताउनुभयो । प्रदेशसभाका सदस्य दिपेश थारुले विपद् व्यवस्थापनमा बजेट न्यून भएको उल्लेख गर्दै मानव र वन्यजन्तुबीचको द्वन्द्व न्युनीकरणका लागि पनि बजेट आवश्यक भएको बताउनुभयो ।

प्रदेशसभा सदस्य रमा अर्यालले प्रतिपक्षको आवाज नसुनेको आरोप लगाउँदै प्रतिपक्षको विषयलाई सम्बोधन गर्दा सरकार लक्ष्यमा पुग्ने बताउनुभयो । प्रदेशसभाका सदस्य नारायण आर्चायले विपद् व्यवस्थापनमा योजना बनाउन आग्रह गर्दै कारागारको अवस्था अव्यवस्थित भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौं महानगरले साढे ४ करोडभन्दा बढी सहयोग गर्ने

बाढीमा १६ जनाको ज्यान जोगाउने जुनमाया : ‘आफूसँग लगाएको एक जोर कपडा मात्रै बाँकी छ’

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu