ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धितोपत्र बजारमा अवैध लगानी रोक्न बोर्डको निर्देशन


एबीसी न्यूज
६ असार २०७६, शुक्रबार   ८ : २८   बजे

 

काठमाडौं, ६ असार ।  धितोपत्र बजारमा अवैध लगानी हुन नदिने लक्ष्यका साथ नेपाल धितोपत्र बोर्डले आज एक निर्देशन जारी गरेको छ ।

सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०७६ जारी गर्दै उक्त निर्देशन अटेर गर्नेलाई अधिकतम रु पाँच करोडसम्मको जरिवाना गर्ने व्यवस्था गरेको छ । अवैधरुपमा धितोपत्र बजारमा लगानी गर्नेलाई पहिलो पटक लिखित रुपमा सचेत गराउने, दोस्रो पटक व्यवसाय गर्न रोक लगाउने, तेस्रोपटक रु दश लाखदेखि पाँच करोडसम्म जरिवाना गर्ने र त्यसपछि सूचक संस्थाका दर्ता खारेज गर्ने व्यवस्था गरिएको बोर्डका प्रवक्ता निजर गिरीले जानकारी दिनुभयो ।

उक्त निर्देशन लागू भएपछि एक दिनमा पटक÷पटक वा एकैपल्ट रु दश लाखभन्दा बढीको कारोवारको जानकारी वित्तीय जानकारी एकाइमा दिनुपर्नेछ । ग्राहकको पहिचान तथा जाँच गर्दा जोखिममा आधारित भएर गर्नुपर्ने, सूचक संस्थाले जोखिमलाई उच्च, मध्यम र न्यून वर्गमा वर्गीकरण गर्नुपर्ने, जोखिम देखिएका ग्राहकको हकमा वृहत ग्राहक पहिचानको उपाय अवलम्बन गर्नुपर्नेछ ।

सूचक संस्थाले व्यावसायिक सम्बन्ध स्थापना वा कारोबार गर्दा वास्तविक धनीको पहिचान गर्नका लागि आवश्यक मनासिव उपाय अवलम्बन गर्नुपर्नेछ । बोर्डका अनुसार उक्त निर्देशन आगामी साउन १ गतदेखि लागू हुनेछ । सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलाप सम्बन्धी प्रचलित कानूनको कार्यान्वयन र सो सम्बन्धी कसूरको अनुसन्धानमा कानून कार्यान्वयन गर्ने निकायलाई आवश्यक सहयोग गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।

सूचक संस्थाले खास कारोबारको सम्बन्धमा विशेष ध्यान दिने प्रणालीको विकास गरी लागू गर्नुपर्ने, ग्राहकको पहिचानका सम्बन्धमा पेश गरिएका विवरण तथा पेश गरिएका कागजात रुजु गर्नुपर्ने जिम्मेवारीसहित कुनै कर्मचारीलाई तोकी त्यस्ता विवरण तथा कागजातको आधिकारिकता तन्दुरुस्त राख्नुपर्ने छ ।

जोखिममा आधारित आन्तरिक नीति, कार्यविधि तथा कार्य, ग्राहक पहिचान तथा सम्पुष्टि गर्ने तरिका, उच्च पदस्थ व्यक्तिको पहिचान, अवलम्बन गर्नुपर्ने उपाय, वास्तविक धनी पहिचान गर्नेलगायत विषयमा स्पष्ट व्यवस्था गरिएको बोर्डले जनाएको छ । उक्त निर्देशनले धितोपत्र बजारमा सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा निर्दिष्ट गरेका व्यवस्थालाई कार्यान्वयन गर्नसमेत सहजीकरण गर्ने बोर्डको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौं महानगरले साढे ४ करोडभन्दा बढी सहयोग गर्ने

बाढीमा १६ जनाको ज्यान जोगाउने जुनमाया : ‘आफूसँग लगाएको एक जोर कपडा मात्रै बाँकी छ’

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu